सशस्त्र प्रहरी बल २५ नम्बर गण चण्डिका पर्वतको २४ औँ स्थापना दिवस सम्पन्न  - News site from Nepal
पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतको २४ औँ स्थापना दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।
दिवसको अवससरमा आन्तरिक रुपमा विभिन्न खेलकुद प्रतियोगिता, सांगितिक कार्यक्रम सहित मुल समारोह सम्पन्न भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी कास्कीका निमित्त बाहिनीपति शसस्त्र प्रहरी बरिष्ठ उपरिक्षक टोपबहादुर खनालले नेपालको शान्ति, सुरक्षा, अमनचयन कायम राख्नका लागि सशस्त्र प्रहरीले निकै महत्वपुर्ण भूमिका खेल्दै आएको बताउनुभयो । नागरिकको सुरक्षादेखि मुलुकको सिमा सुरक्षा मात्र नभएर बिपद व्यवस्थापन, खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरी सक्रिय रहँदै आएको बताउनुभयो । उहाँले नागरिकको सुरक्षालाई प्रमुख आधार मानेर काम गर्न र कोहिपनि असुरक्षित महसुस गर्ने बातावरण सिर्जना हुन नदिन समेत आग्रह गर्नुभएको छ ।
मुलुकको विषम परिस्थितिमा स्थापना भएको सशस्त्र प्रहरी बल देश र जनताको सुरक्षाका लागि चौविसै घण्टा खटिने उहाँको प्रतिवद्धता रहेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो । सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतकाका गणपती सशस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीले सशस्त्र प्रहरीले वर्षभरी संचालन गरेका गतिविधि, पर्वतमा गर्नुपर्ने काम र गणका कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अझै उच्च मनोबलका साथ काम गर्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ ।
दिवसको अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरुको सरसफाई, रक्तदान, विभिन्न खेलकुद प्रतियोगिता,  व्यावसायिक प्रतियोगिता, विभिन्न विद्यालयहरुमा सशस्त्र प्रहरी सम्वन्धि प्रस्तुतीकरण, बृक्षारोपण, दिपावली लगायतका कार्यक्रम गरिएको थियो ।
मुल समारोहमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण, अबकास प्राप्त कर्मचारीलाई सम्मान तथा कदरपत्र प्रदान,  उत्कृष्ट कार्य सम्पादन गर्नेहरुलाई पुरस्कार वितरण, अमर सशस्त्र प्रहरी जनका परिवारलाई सम्मान, सहित केक काटेर उत्सव मनाईएको थियो । कार्यक्रमको संचालन शसस्त्र प्रहरी निरिक्षक धर्मबहादुर थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!