डा. अनिता श्रेष्ठ
पाङको चौरमा हाँसेकी थिइन् पार्वती,
निशब्द खेलाइ रहेकी सपनाहरूको झुल्का।
शिव प्राप्तिको चाहनाले,
गुप्तेश्वरको गर्भगुफामा चलेको थियो
एक मौन तपस्या।
कुशमामा चिनिएको छ एक दिव्य चिन्ह,
जहाँ जन्मिएको हो कुश—ऋषिहरूको पूजा,
कर्म र योगको प्रतिक।
त्यसैले त उर्जा यहाँ उच्च...
कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी...
पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी जेठ ५ र ६ गते हुँदै
पर्वत– पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी जेठ ५ र ६ गते संचालन गरिने भएको छ
जिल्ला खेलकुद विकास समिति पर्वतको सोमवार सम्पन्न बैठकले जेठ ५ र ६ गते सदरमुकाम कुश्माबजारको वडागाउँ खेल...
नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् मजदुरहरुसंग शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
पर्वत- राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष डा। विश्व प्रकाश प्रसाईको ५४औं शुभजन्मोत्सव सप्ताह अन्र्तगत सप्ताहको पाँचौ दिन १ सय ३६औं मजदुर दिवसको अवसरमा वास्तविक मजदुरहरुसंग...
कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने
पोखरा – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने भएका छन् ।
कोटीहोममा पोखरेलले आगामी बैशाख २८ गतेदेखि जेठ ३ गते कथा वाचन गर्ने कार्यक्रम तय भएको...
कोटिहोम विराट ज्ञान महायज्ञको एक सय हवनकुण्डमा हवन सुरु
पोखरा, १९ वैशाख । पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विधिपूर्वक हवन सुरु गरिएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय हवन कुण्डमा शुक्रवार देखि हवन सुरु...
क्यान पर्वतको आयोजनामा तालिमसँगै बक्तृत्वकला प्रतियोगिता सम्पन्न
पर्वत : सन २०२५ को सूचना प्रविधि दिवसको अवसर पारेर कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) पर्वतको आयोजनामा कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टीलीजेन्सको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कुश्मामा आयोजना भएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका...
फेकोफन गण्डकी प्रदेशको दोस्रो परिषद् सम्पन्न
पोखरा– सामुदायिक वन उपभोक्ता महसंघ, नेपाल (फेकोफन) गण्डकी प्रदेशको दोस्रो परिषद बैशाख १७ र १८ गते पोखरामा सम्पन्न भएको ।
परिषद्को उद्घाटन गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले दुईवटा अलग अल...
आज १३६औँ श्रमिक दिवस मनाइँदै
काठमाडौँ, वैशाख १८ गते । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक...
बिहादी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
पर्वत – यहाँको एक पालिकाले अध्यक्ष कप आयोजना गर्ने भएको छ । पर्वतको बिहादी गाउँपालिकाले २३ बैशाख देखी २७ गतेसम्म “गाउँपालिका अध्यक्ष कप–२०८२” आयोजना गरेको हो । अध्यक्ष कप अन्तर्गत भलिबल प्रतियोगिता तथा विविध...