पर्वत– प्रदेश अस्पताल पर्वतको चिकित्सा सेवा विस्तार कार्यक्रम अन्तर्गत महाशिला गाउँपालिका वडा नं. ५ मा रहेको आधारभुत अस्पतालमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
भौगोलिक रुपमा पछाडी परेका समुदायसम्म सुलभ स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्धेश्यले आयोजित शिविरमा प्रदेश अस्पताल पर्वतका बाल रोग विशेषज्ञ डा. प्रकाश गौतम, मुख स्वास्थ्य सम्वन्धि डा. सुस्मिता खनाल, महाशिला आधारभुत अस्पतालका डा. सनम ढकाल, पर्वत अस्पतालका मेडिकल रेकर्डर प्रकाश सुवेदी लगायतका स्वास्थ्यकर्मीहरुद्धारा स्वास्थ्य परिक्षण गरिएको थियो ।
शिविरमा एक सय ७ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । जसमध्ये ४५ जनाको दन्त परिक्षण गरिएको थियो ।
प्रदेश अस्पताल पर्वतका अध्यक्ष याम परियार शिवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीका वडा अध्यक्ष चन्द्रबहादुर मल्ल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरबहादुर बराल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य शाखाका सिनीयर अहेब कृष्णबहादुर रानाले गर्नुभएको थियो ।






