पर्वत महोत्सवमा प्रस्तुती दिने हरेक दिनका चर्चित कलाकारहरु - News site from Nepal

पर्वत, ८ पुस : पर्वत जिल्लाको औद्योगिक विकास र पर्यटन प्रवद्र्धनका लागि आयोजित आठौ पर्वत महोत्सव भोलीदेखि शुरु हुँदै छ ।

एघार दिनसम्म संचालन हुने महोत्सवमा हरेक दिन फरक फरक चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको छ । भोली ९ गते उद्घाटनको अवसरमा भजन गायक शिव शर्मा, गायिका सरस्वती लामिछाने र गायब सुजन बराईलीको प्रस्तुती राखिएको छ ।
पुस १० गते पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल झलिको, तिम्रो याद अलिको हिमाल भन्दानी गीतका गायक अर्जुन सापकोटा लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने भएको छ ।


यसैगरी पुस ११ गते काले केटाले काले केटाले, हिरो बन्छ मै हुँ भन्छ काले केटाले गीतका गायिका अस्मिता अधिकारी, र चर्चित गायक बद्री पंगिनीको विशेष प्रस्तुती रहने छ भने अन्य आकर्षक कलाकारहरु पनि रहने भएका छन् । यस्तै पुस १२ गते मत ढले ढले गीतकी गायिका शान्ता रानी परियार, र रेलै सरर गीतका गायक श्याम राना, पुस १३ गते फुल मायामा नभुल बोलो गीतकी गायिका पुर्णकला विसी, र माया लुकी लुकी गीती गायिका टिका प्रसाई, पौष १४ गते मलाई अमेरिका यहि मलाई जापान पनि यहि, म कति राम्रो छु लाईटै बालेर हेर मायाले बोलको गीतका चर्चित गायक पशुपती शर्मा, पौष १५ गते जुनेली रातै रातैमा बोलको गीतकी चिर्चित गायिका शान्ति श्री परियारको प्रस्तुती सहित अन्य राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारको प्रस्तुती रहने भएको छ ।
यसैगरी पुस १७ गते उनको प्रिति पहिले होकी मेरो प्रिति पहिले गीतकी गायिका रचना रिमाल र १८ गते चर्चित गायक प्रमोद खरेल र परम्परा ब्याण्डको विशेष प्रस्तुती रहने छ । यसलाई रात्रिकालीन कन्सर्टकै रुपमा विशेष रुपमा राखिएको महोत्सव आयोजकले जनाएको छ ।

साथमा जीबब ब्याण्ड लगायत अन्य ब्याण्डहरुको कन्सर्ट तथा हास्य कलाकारहरुको प्रस्तुती पनि रहने छ । कलाकारहरुको साथमा खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, रत्यौली, भजन, विद्यालय स्तरीय नृत्य प्रतियोगिताको साथमा टिकटक च्यालेन्ज, सुन्तला खाने प्रतियोगिता रहने भएको छ । यसैगरी गण्डकी प्रदेश अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता पनि महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको छ ।

महोत्सवको मुख्य प्रायोजक निजि क्षेत्रद्धारा प्रवद्र्धित कुश्मा–बलेवा यान्त्रिक पुल बन्ने भएको छ ।
महोत्सव आउन दुईदिन मात्र बाँकी रहँदा तयारी तीब्र बनाईएको छ । महोत्सव स्थल बडागाउँमा दुई सय ५० स्टल निर्माण गरिएको छ भने मुख्य प्रवेश द्धार, भलिबल खेलाउने स्थान, स्टेज निर्माण र रमाईलो मेलाका उपकरणहरु जडानको काम सकिएको छ ।
महोत्सवको अन्तिम तयारीका बारेमा आज साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिईने छ । भोली महोत्सवको शान्ति र सद्भाव र्‍याली सहित भब्य उद्घाटन समारोह हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!