पर्वतको भोर्ले बालमैत्री वडा घोषणा - News site from Nepal
पर्वतको भोर्ले बालमैत्री वडा घोषणा


माधव पराजुली,पोखरा
पर्वतको पैयूँ गाउँपालिका वडा नं. ७ भोर्लेलाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिका सम्वन्धी विभिन्न ३९ बुँदे मापदण्ड पुरा गरेपछि भोर्ले लाई बालमैत्री वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासनका न्युनतम सूचकहरु बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागीता र संस्थागत विकास सम्बन्धीका सबै सूचकहरु पुरा गरेपछि भोर्ले लाई पर्वत जिल्लाकै दोस्रो बालमैत्री वडाका रुपमा घोषणा गरिएको हो ।


आईतवार गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त वडालाई बालमैत्री वडा घोषणा गर्नुभएको हो । सोही अवसरमा उहाँले बालबालिका भविष्यका कर्णधार भएका कारण उनीहरुको स्वास्थ्य, शिक्षा, बालअधिकार सुनिश्चित गरेर देश निर्माण कार्यमा लगाउनुपर्नेमा जोड दिनुभयो । बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गरी उनीहरुलाई बौद्धिक र क्षेमतावान बनाउन गर्भअवस्थादेखि नै सुनौला हजार दिनलाई सबैले बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
बालबालिकाहरुको आधारभुत आवश्यकतालाई पुरा गदै बालमैत्री वातावरणको माध्यम बाट दक्ष जनशक्तिको विकासलाई स्थानीय सरकारले प्राथमिकतामा राख्नु पर्नेमा मन्त्री लम्सालले जोड दिनुभयो ।
महिला तथा बालबालिकाहरुको क्षेत्रमा प्रदेश सरकारले विभिन्न कार्यक्रम शुरु गरेको बताउदै उहाँले विकाससँगै सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सभा सदस्य ललितकला गुरुङले बालमैत्री घोषणा पश्चात अब कार्यान्वयनका लागि सबैले आ—आफ्नो तह बाट अनुगमन निरन्तर गर्नुपर्ने बताउनुभयो । बालमैत्री घोषणालाई पूर्ण रुपमा कार्यान्यन गर्नका लागि यहाँ सबै वर्ग समुदाय चनाखो भएर लाग्नु्पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले गाउँपालिकाका सबै वडाहरुलाई बालमैत्री घोषणाका लागि आधारभुत पुर्वाधारहरु तयार गरिरहेको बताउनुभयो । हरेक वडामा बालमैत्री पार्क निर्माण, विद्यालय तथा अन्य संरचनाहरु निर्माणमा बालमैत्री, निर्णय र प्रकृयामा बालबालिकाहरुको सहभागिता, बालविवाहको अन्त्य, बाल श्रमिकको अन्त्य लगायतमा गाउँपालिकाले ध्यान दिएको बताउनु भयो ।

वडाध्यक्ष भिम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्व्य समितिका सभापति मनोहर वि.पौडेल, केन्द्रिय बालकल्याण समितिका कृष्ण प्रसाद भुषाल,पूर्व जिविस उपसभापति राम शर्मा,नेकपाका पैँयू गाउँपालिका संयोजक चोकलाल न्यौपाने,स्वास्थ्य स्वयंसेविका पेमा भण्डारी,भोर्ले बाल सञ्जालकी अध्यक्ष नविना शर्मा लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा बालमैत्री घोषणाका लागि सहयोग पु¥याउने जनप्रतिनिधि,पार्टीका विशिष्ट व्यक्तिहरु,महिला स्वास्थ्य स्वयम् सेविका, त्यहाका कर्मचारी, वडा नं. ७ का सर्वसाधारण, सञ्चारकर्मी लगायतलाई प्रंशासा पत्र समेत प्रदान गरिएको थियो ।


बालमैत्री घोषणा अगाडि पञ्चेबाजासहित विभिन्न विद्यालय, बाल सञ्जालका बालबालिका, समाजसेवी, बुद्धिजीविहरु लगाएतको ¥याली निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!