मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण गोरखाको सिरानचोकको आरुबोटमा होमस्टे - News site from Nepal


माधव पराजुली,पोखरा
२०७६/०१/२२
वरिपरी हरियाली जंगल,मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको हिमालको काखमा एक अत्यान्तै सुन्दर वस्ती छ । भुकम्पले सिथिल बनेको वस्ती हिजोआज पुनःनिर्माण सँगै तंग्रियको छ, भने सुन्दरता समेत उस्तै थपिएको छ । निलो छानाहरुले छाएका आधुनिक शैलिमा बनाइएका ति घरहरुले अहिँले गोरखाको सिरानचोक गाँउ पालिका वडा नं. ७ स्थित आरुबोटको सोभानै बढाईदिएको छ ।
मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिरानचोक गोरखा जिल्लको ऐतिहासिक,प्राकृतिक,धार्मीक,सांस्कृतिक तथा पुरातात्विक स्थलको रुपमा परिचित छ । पूर्वमा दरौदी नदी,पश्चिममा चेपे नदी, दक्षिणमा लिगलिगकोट र उत्तरमा अजिरकोट बिचमा रहेको यो गाउँमा आउने जो कोहीँको पनि मन आकर्षण हुन्छ । समुन्द्र सतह देखी ३२ सय मिटर उच्चाईमा पर्ने आरुबोट गाउँ ऐतिहासिक,प्राकृतिक,धार्मीक,सांस्कृतिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण गाउँ हो ।
हरेक हिसाबले महत्त्वपूर्ण यस सिरानचोक पर्यटकहरुका लागि मात्र नभई अनुसन्धानकर्ताको निम्त्ति रोजाईको स्थल बन्न सक्छ । नेपाल एकिकरणको प्रारम्भिक थलो र पुरातात्विक महत्वले बिशेष नाम कामाएको ऐतिहासिक स्थल पनि हो सिरान चोक ।
तत्कालिन समय बाइसे चौबिसे राज्यबाट गोरखा राज्यलाई आक्रमण गर्नबाट जोगाउन सिरानचोकमा कोटगढी निर्माण गरिएको इतिहास पढ्न पाईन्छ । सिरानचोक गाउँपालिकाको थालाजुंग, छोप्राक, गाखु, श्रीनाथकोट र जौबारी रहेको उक्त सिरानचोकको कोट गढिमा १६१६ ताका निर्माण भएका ३ वटा कोट क्रमश जेठा कोट, माइला कोट र कान्छा कोटका भग्नावशेस अझै देख्न सकिन्छ । उक्त कोटहरुमा क्रमश राजा, भारदार र सेना बस्ने गरेको किम्बदन्ती रहेको छ ।
त्यहाँ दशैं घर, टुडीखेल, सीतापधेँरो, चेदा गुम्बा, गिद्ध पहरा लगायतका ऐतिहासीक तथा धार्मिक सम्पदाहरु छन् । सिरानचोक कोटबाट मनास्लु, लाङटाङ,माछापुछेू, अन्नपुर्ण, फिस्टेल, गणेश लगायतका हिमश्रृखंला पनि देख्न सकिन्छ ।
स्थानीय बासिन्दाहरुल्े पर्यटनको प्रचुर सम्भावना बोकेको ऐतिहाकि स्थललाई पर्यटकीय गाउँ बनाउन पर्यटन प्रवद्र्धनका कार्यहरु अघि सरेका छन् ।
सिंगो गाउँपालिकाको समृद्धिका साथै स्थानीयको जीवनस्तर माथि उकास्ने हेतुका साथ अहिले यहाँका स्थानियले बिशेष मौलिकता बोकेका बिभिन्न बस्तीहरुमा होमस्टे सञ्चालन गर्नुका साथै पैदल मार्ग समेत निर्माण गरेका छन् ।


सिरानचोक गाउँपालिकाको आरुबोट बस्ती एक मौलिकता बोकेको बस्तीका रुपमा चिनिन्छ । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा स्थानियको सक्रियतामा क्होला आरुबोट सामुदायी घरबास (होमस्टे) सञ्चानमा आएको छ् । सुरुवातमा गाउँमा अहिले १५ घरले होमस्टे सञ्चालन गरेका छन् । अब बाकीँ घरहरुमा छिट्टै होमस्टे सञ्चालन गर्ने तयारी छ । ‘आरुबोट आउने पर्यटकले स्थानीय मौलिक संस्कृति, प्राकृतिक सौन्दर्यमा रमाउनुका साथै स्थानीय कृषि उत्पादनको परिकार चाख्न पाउने छन’,
स्थानिय युवाहरूको पहलमा यहाँ सुविधा सम्पन्न सामुदायिक भवन निर्माण समेत भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा देश तथा बिदेशमा रहेका युवाहरूको सहयोगमा आरूबोटमा सामुदायिक भवन सहति होमस्टे निर्माण भएको हो ।
स्थानियरुले ‘सम्पूर्ण नागरिक एकताबद्ध,हाम्रो परिकल्पना,समृद्ध क्होला आरुबोट बनाउने’ भन्ने मुल मन्त्रका साथ यो अभियान सञ्चालन गरेको स्थानिय ज्ञानराज गुरूङले बताउनुभयो । उहाँका अनुसार ५० लाख लागतमा निर्माण भएको यो भवनमा करिव ४ सय जना अटाउन सक्छन भने होमस्टेमा एक सय भन्दा बढीलाई बास बसाल्न सकिन्छ ।
होम स्टेमा लोकल कुखुुरा,खसि,बोकाको मासु देखि सेल रोटी, स्थानीय कोदोको ढिडो, आलु, मुला, गाजर, मकै भटमास,केराउ लगाए लगायतका स्थानिय उत्पादन बाट बनेका खानाका बिभिन्न परिकारहरुको स्वाद मज्जाले लिन पाईन्छ । होम स्टेलाई व्यवस्थित गर्नको लागि घरबास अभिमुखीकरण तालिम समेत प्रदान गरेको थियो ।
उक्त होमस्टेको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि बिकास लम्सालले शनिवार उद्धघाटन गर्नुभयो । सोही अवसरमा उहाँले ऐतिहासिक,प्राकृतिक,धार्मीक,सांस्कृतिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण गाउँहरुलाई ग्रामिण पर्यटन सँग जोड्न गण्डकी प्रदेश सरकारले होमस्टेको अवधारण ल्याएको बताउनुभयो । होमस्टे बाट ग्रामिण पर्यटन प्रवर्धन गर्ने तथा गाउँमा आर्थिक उपार्जनको नयाँ आयामहरुको सुरुवात गर्ने भन्दै बाइसे(चौबिसे राजाकोे ईतिहास तथा नेपाल एकिकरणको प्रारम्भिक थलो यस ठाउँलाई प्रदेश सरकारले पर्यटकीय गन्तव्यको रुपमा राखेको बताउनुभयो ।
विविधतामा एकता नै नेपालीहरुको पहिचान भएको बताउदै प्रकृति,कला संस्कृतिको माध्यम बाट देशलाई समुन्नत राष्ट्रको रुपमा चिनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ऐतिहासिक कोट र त्यससँग सम्बन्धित धार्मिक महत्व बोकेका धरोधरहरु संरक्षणका लागि प्रदेश सरकारले काम अगाडी बढाएको जानकारी दिनुभयो ।
सोेही अवसरमा गण्डकी प्रदेश सभा सदस्य मन कुमारी गुरुङ,जिल्ला समन्वय समितिका सभापति अशोक कुमार गुरुङ लगाएतले सिरानचोक गाउँपालिका भित्रका सांस्कृतिक तथा प्राकृतिक अथाह सम्पत्तिको समुचित प्रयोग गर्दै उक्त गाउँलाई ग्रामिण पर्यटनको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!