काठमाडौं–पाथीभरा क्षेत्रमा विशिष्ट व्यक्तिहरुको प्रायः उडान प्रतिकूल मौसममै हुने गरेको कान्तिपुरमा खबर छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरैजसो उच्च पदस्थ व्यक्तिहरु पदमा रहेकै बेला पाथीभरा पुग्ने र प्रतिकूल मौसमबीच मन्दिर दर्शन गरेर फर्कने गरेका छन् ।
राष्ट्रपति विद्या भण्डारी २०७४ कात्तिक १० गते पाथीभरा जाँदा बाक्लो कुहिरोका कारण मन्दिर परिसरमा हेलिकोप्टर अवतरण हुननसकेपछि एक घण्टासम्म सदरमुकाम फुङलिनमै रोकिनुपरेको थियो । सेनाको ब्यारेकबाट दोस्रो प्रयासमा मात्रै उनी चढेको हेलिकोप्टर मन्दिर पुगेको थियो ।
तत्कालीन उपराष्ट्रपति परमानन्द झाले पाथीभरा दर्शन गर्न एक दिन नै कुर्नु परेको थियो ।