कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा - News site from Nepal
कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

पर्वत– पर्वतको कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा भएको छ ।
सोमवार आयोजित एक ममारोहका बीच पुर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले नगरका सवै सरोकारवालाहरुलाई प्रतिबद्धता गराउनुभएको थियो ।
नगर भित्रका जन्मेदेखि १५ महिना सम्मका पाँच सय एक जना र १६ महिनादखि २७ महिना सम्मका ४३२ जना बालबालिका सवैले नियमित रुपमा सवै प्रकारका खोप लगाईरहेको सुनिश्चित गरेपछि पुर्ण खोपयुक्त पालिका बनाईएको हो । कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका ३६ वटा खोप केन्द्र र ४० वटा खोप सेसन मासिक रुपमा संचालन हुँदै आएको छ ।
सरकारले १३ वटा रोग विरुद्धका खोपहरु निशुल्क रुपमा उपलव्ध गराउँदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपटाईटिस वि, हेमोफिलिस, इन्फ्‌लुएन्जा, पोलियो, दादुरा, रुवेला, न्युमोनिया, मेनिन्जाईटिस, जापानिज इन्सेफ्‌लाईटिस, टाईफाईट र रोटा भाईरस बुरुद्धको खोप उपलव्ध गराउँदै आएको छ ।
पुर्ण खोप सुनिश्चित पालिका घोषणा गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले नगरभित्रका खोप लगाउने उमेर समुहका सवै बालबालिकाहरु खोप पाउनबाट बञ्चित हुन नहुने बताउनुभयो । उहाँले नियमित खोप पाउनु बालबालिकाको नैसिर्गक अधिकार रहेको बताउँदै यसलाई अझै प्रभावकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई नगरले सँधै प्राथमिकतामा राखेको समेत बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेल, प्रदेश स्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य, कुश्मा नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वर गिरी लगायतले बोल्नुभएको थियो ।
कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक यामप्रसाद शर्माले संचालन गर्नुभएको कार्यक्रमको स्वागत खुर्कोट स्वास्थ्य चौकीका प्रमुख टेकनाथ सुवेदी र कार्यक्रम र खोप अभियानका बारेमा कटुवाचौपारी स्वास्थ्य चौकीका प्रमुख अमृतिा कँडेलले बोल्नुभएको थियो ।
सो अवसरमा उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा कार्यरत डिलकुमारी गुरुङ लगायत पुर्ण खोप सुनिश्चित घोषणा भएका १४ वटै वडाका अध्यक्ष र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!