
पर्वत, ३१ वैशाख : पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ मोदीवेणी स्थित कालीगण्डकी नदिले बगाउँदा एक बृद्ध वेपत्ता भएका छन् ।
कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ४ सल्यान चौतारीका ५६ वर्षिय बम बहादुर भुजेल वेपत्ता भएका हुन् । आफन्तको चौरासी पुजाको फुलपाती कालीगण्डकीमा बगाउनका लागि आएकोमा स्नान र्ने क्रममा एक्कासी नदिले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
आज बिहान साढे ११ बजेको समयमा उनलाई नदिले बगाएको हो । नदिले बगाएको खबर पाए लगत्तै शसस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले खोजी कार्यलाई तीब्रता दिएको छ । अहिले कालीगण्डकी नदिका दुवै किनारवाट कुश्मादेखि मिर्मिसम्मको भागमा खोजी कार्यलाई तिब्रता दिईएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो ।
वेपत्ता भुजेलसँगै आएका अर्का युवा भने सकुसल रहनुभएको छ । उहाँले दिएको जानकारीका आधारमा प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।
यस अघि गत वैशाख एक गत वैशाखे संक्रान्तिको दिनमा पनि सोहि स्थानवाट एक महिलालाई कालीगण्डकीले बगाएर मृत्यु भएको थियो ।