
न उमेरले उनलाई बाँध्न सकेको छ, न पारिवारिक पृष्ठभूमिले कुनै सीमारेखा कोर्न सकेको छ। पर्वतको विहादीमा सन् २०६० साल वैशाख १ गते जन्मेकी उनी नेपालका शिक्षार्थी, युवाहरू, र सामाजिक अभियन्ताहरूका लागि प्रेरणाको स्रोत बन्न सफल भएकी छिन्।
उनका कार्यहरू हेर्दा लाग्छ—उनी कुनै सामान्य विद्यार्थी मात्र होइनन्, बरु विद्यार्थी आन्दोलनको एउटा दृढ स्तम्भका रूपमा खडा भएकी छन्। विद्यार्थी जीवनमै समाज परिवर्तनको संकल्प शिक्षालाई केवल परीक्षा पास गर्ने माध्यम ठान्नेहरूको भिडमा विप्लवीले यसलाई सामाजिक परिवर्तनको बलियो हतियार बनाइन्। विद्यार्थी सशक्तीकरणदेखि नेतृत्व विकाससम्म, मानव सेवादेखि कानुनी सचेतनासम्म, विप्लवीले आफ्नो अध्ययनकालमै थुप्रै ऐतिहासिक कार्य गरिसकेकी छन्।
उनको विद्यार्थी जीवनको प्रारम्भिक चरणबाट नै सामाजिक रूपान्तरणप्रति गहिरो रुचि थियो। २०७६ सालमा उनले युवा सशक्तीकरण कार्यक्रमको संयोजन गर्दै गाउँपालिकाभरका विद्यार्थीहरूलाई एकजुट पार्ने काम गरिन्।
सामाजिक प्रश्नहरूलाई उनी गम्भीर रूपमा लिन्थिन्, जसको प्रमाण उनीद्वारा गरिएको अध्ययन हो—”इतिहास बल्झन्छ, वर्तमान दयनीय छ, भविष्य कस्तो छ त?”। गाउँ-गाउँमा पुगेर स्थानीय बासिन्दाका अनुभव संकलन गर्नु, किसानदेखि सेवा निवृत्त कर्मचारीहरूसम्मका विचार सुन्नु, सरकारप्रति उनीहरूको अपेक्षा बुझ्नु—यस्ता कार्यहरूले विप्लवीको सोचाइलाई परिपक्व बनायो। संकटमा पनि सामाजिक उत्तरदायित्व समाजसेवा भनेको भाषण होइन, प्रत्यक्ष कर्म हो भन्ने उनले बारम्बार प्रमाणित गरिन्। कोरोना महामारीको समयमा अपाङ्ग विद्यार्थीहरूका लागि शैक्षिक सामग्री र खाद्यान्न वितरण गर्दै उनले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरिन्।
यस्तै, बाढी पहिरोले गाउँ तहसनहस बनाउँदा विपत व्यवस्थापनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग समन्वय गरी उनले उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गरिन्। विपन्न वर्गका विद्यार्थीहरूको अवस्था देखेर उनले शैक्षिक सामग्री वितरण कार्यक्रमहरू सञ्चालन गरिन्।
उनको यो अभियान सिराहादेखि मुस्ताङसम्म फैलियो। शिक्षालाई सबैका लागि समान पहुँचयुक्त बनाउनुपर्छ भन्ने उनको अठोटले नै उनी निरन्तर समाजसेवामा लागिरहिन्। नेतृत्व र उपलब्धिहरू विप्लवीको संघर्ष र क्षमताको कदर गर्दै We Are Purposeful नामक अन्तर्राष्ट्रिय संस्थाले उनलाई सामाजिक सेवाका लागि $5000 अनुदान प्रदान गर्यो। तर, उनको सफलता यतिमा मात्र सीमित रहेन।
• नीति ह्याकाथन-२०८० मा हजार बढी प्रतिस्पर्धीलाई पछि पार्दै रु. ३ लाख नगद पुरस्कारसहित प्रथम स्थान हासिल गरिन्।
• Idea-Mart 2081 मा दोस्रो स्थान प्राप्त गर्दै रु. ३०,००० जितिन्।
• Hult Prize-2078 मा समूहसहित २nd Runner-up बनिन्।
• Moot Court Competition-2081 मा ४७ टिममध्येबाट 1st Runner-up को उपाधि जितिन्।
• नमूना सांसद कार्यक्रममा प्रधानमन्त्री बन्ने सपना बोकेकी विप्लवी प्रमुख प्रतिपक्ष दलको नेताका रूपमा उत्कृष्ट रूपमा प्रस्तुत भइन्।
यी उपलब्धिहरूले मात्र उनी असल विद्यार्थी नेतृ भएको पुष्टि गर्दैनन्, बरु साहस, विवेक, दृढता, र कुशल नेतृत्व रहेको उदयीमान व्यक्तित्वका रूपमा चित्रित गर्छन्। शैक्षिक र कानुनी आन्दोलनको एक सशक्त आवाज राजनीतिक हस्तक्षेपले भरिएको विद्यार्थी राजनीतिमा उनले निष्पक्ष नेतृत्व दिन खोजेकी छिन्।
जब स्ववियु निर्वाचन-२०७९ मा उनीमाथि अन्याय भयो, उनले उच्च अदालत पोखरामा “उत्प्रेषण मिश्रित परमादेश” रिट दायर गरी बहस गरिन्। यो कदमले उनको कानुनी ज्ञान र हकहितका लागि लड्ने साहसलाई उजागर गर्यो। त्यसयता उनी त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी जागरण अभियान चलाइरहेकी छिन्। “लोकतन्त्र र निर्वाचन” लाई सशक्त बनाउने उनको प्रयासको प्रशंसा विद्यार्थीहरू मात्र होइन, समाजका सचेत नागरिकहरूले पनि गरिरहेका छन्।
उदयीमान नेतृत्वको लागि समर्थनको अपील विप्लवीको यात्राले एउटा स्पष्ट संकेत गर्छ—नेपाललाई अब यस्तै युवा नेतृत्व चाहिन्छ, जसले शिक्षालाई राजनीतिको हतियार होइन, समाज रूपान्तरणको साधन बनाओस्।
त्यसैले, पृथ्वीनारायण क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरूलाई म आग्रह गर्न चाहन्छु—यसपटक स्ववियु निर्वाचनमा योग्य, सक्षम, र साहसी उम्मेदवार छान्नुपर्छ। विप्लवीजस्ता कर्मशील विद्यार्थी नेतृको जित, विद्यार्थीहरूको जित हुनेछ। अन्तमा, मेरो अपील प्रिय विप्लवी, तिमीले देखाएको संघर्ष, मेहनत, निडरता, अनि नेतृत्व क्षमताले मलाई मात्र होइन, हामी सम्पूर्णलाई गर्व गर्ने अवसर दिएको छ। तिमीलाई अझ अगाडि बढ्न हाम्रै सहयोग र समर्थन चाहिन्छ। म व्यक्तिगत रूपमा तिम्रो अभियानमा साथ दिन प्रतिवद्ध छु। नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन, विद्यार्थी हकहितका लागि संघर्ष गर्न, र शैक्षिक वातावरणलाई स्वच्छ बनाउन—अब तिम्रो जित आवश्यक छ !
सदैव तिम्रो साथमा, पुष्पा न्यौपाने विद्यार्थी (BBS 4th Year, Prithvi Narayan Campus, Pokhara)