
पर्वत २१ पुस : पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा खाना पकाउने ग्याँस लिग भएर आगलागि हुँदा एक महिलाको घटनास्थलमै ज्यान गएको छ ।
पिपलटारी स्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरमा रहेको ग्याँस आज विहान फेर्ने क्रममा लिग भएर एक्कासी आगालागी हुँदा छिमेकी ७३ वर्षिया बृद्धा दुर्गादेवी पौडेलको जलेर घटनास्थलमै मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दुध लिनका लागि रेग्मीको घरमा जानुभएको थियो ।
घर धनि ५२ वर्षिया धु्रव रेग्मी गम्भीर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते रग्मीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाईएको छ ।
आगलागी लगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र शसस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । घटनाको बारेमा थप अनसन्धान समेत भैरहेको डिएसपी विष्टले जानकारी दिनुभयो । आगालगाीवाट घरमा समेत क्षति पुगेको छ ।
मृतक महिलाको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएका प्रहरीले जानकारी दिएको छ ।