पर्वतको कुस्माबजारमा किटनासक औषधी छर्कन शुरु - News site from Nepal
पर्वतको कुस्माबजारमा किटनासक औषधी छर्कन शुरु

पर्वत – कोरोना भाइरसको माहामारी नियन्त्रणका लागि पर्वतको कुस्माबजारमा डिसइन्फेक्सन(किटनासक) औषधी छर्किएको छ ।
कुस्मा नगरपालिकाले नगरका मुख्य चोक र बजार क्षेत्रमा आइतबार मध्यान्न किटनासक औषधी छर्किएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतको सहयोगमा नगरपालिका क्षेत्रमा क्लोरिन पानी छर्कन शुरु गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । नगरपालिकाको बारुणयन्त्रबाट कुस्माको शिबालयचोकबाट किटनासक औषधी छर्किन शुरु गरिएको छ । गुप्तेश्वर बहुमुखी क्याम्पसमा रहेको कोरोना अस्थायी अस्पताल, शिबालय माबिमा रहेको क्वारेन्टाइन, पर्वत अस्पताल लगायतका क्षेत्रमा पनि छर्किने कार्यक्रम रहेको प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताउनुभयो ।
नगरपालिकामा क्लोरिन पानी छर्कने क्रममा सामाजिक बिकास समितिका संयोजक तथा वडा शिब पौडेल, कुस्मा नगरपालिका वडा नं ६ का अध्यक्ष रुद्र गिरी, ७ का अध्यक्ष सुवासचन्द्र पौडेल, स्वास्थ्य इकाईका सिनियर अहेब अधिकृत यामप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!