पर्वत कोरोना अस्पतालमा बिहादी गाउँपालिकाकी एक महिला आइसोलेसनमा भर्ना - News site from Nepal

पर्वत- पर्वतको कुस्मास्थित कोरोना अस्थायी अस्पतालमा शुक्रबार एक महिलालाई भर्ना गरिएको छ ।
पर्वतको बिहादी गाउँपालिकाकी ३० बर्षिया महिलालाई कोरोनाको लक्षण देखिएपछि थप परिक्षणका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो ।
बिरामी महिलामा केही दिन रुघाखोकी र देखि १ सय २ देखि १ सय ३ डिग्री सम्म ज्वरो आएको र सिटामोटल खाँदा समेत ज्वरो घटेको छैन । बिरामीमा कोरोनाको लक्षण संग मिलेका कारण थप परिक्षणका लागि आइसोलेसनमा राखिएको पर्वत कोरोना अस्थायी अस्पतालले जानकारी दिएको छ ।
भर्ना गरिएकी बिरामीका श्रीमान १२ दिन पहिले भारतबाट फर्कनु भएको थियो । श्रीमानमा भने रुघाखोकी, ज्वरो जस्ता सामान्य लक्षण समेत देखिएका छैनन । कहिलेकाही संक्रमित ब्यक्तिमा लक्षण नदेखिएपनि भाइरस अरुमा संक्रमण हुन सक्ने पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डन्ट डा. शिशिर देबकोटाले बताउनुभयो । बिरामीको स्वाब शनिबार परिक्षणका लागि पठाउने तयारी भैरहेको छ ।
यसअघि कोरोना संक्रमित युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका युवालाई पनि आइसोलेसनमा राखिएको छ । कुस्माबजारमा आफन्तकोमा बस्दै आएको अबस्थामा आइसोलेसनमा राखिएका युवाको पनि स्वाब शुक्रबारै परिक्षणका लागि पठाइसकिएको छ । रिर्पोट आउन भने बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!