भोलीदेखि देश ‘लकडाउन’, मान्छे घरभित्रै बस्नुपर्ने, जहाज पनि नचल्ने - News site from Nepal

काठमाण्डौ – मङ्गलबारदेखि नेपाल लकडाउन हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देश लकडाउन गर्ने निर्णय गरेको हो ।

मङ्गलबारदेखि सबै नागरिक घरभित्र बस्नुपर्नेछ । सुरक्षा निकाय र एम्बुलेन्स बाहेक अरु गाडी चल्न नपाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो । यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

मन्त्री नेम्वाङका अनुसार अब आन्तरिक जहाज पनि उड्न पाउने छैनन् । सञ्चारमाध्यमलाई पनि अवरोध हुने छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!