पर्वतको कुश्मा नगरपालिकाले साढे २७ सय विपन्नलाई राहत दिँदै - News site from Nepal
पर्वतको कुश्मा नगरपालिकाले साढे २७ सय विपन्नलाई राहत दिँदै

पर्वत– पर्वतको कुस्मा नगरपालिकाले २ हजार सात सय ६२ जनालाई राहत वितरण गर्ने भएको छ ।
नोबेल कोरोना भाईरसका कारण लामो समय लक डाउन हुँदा समस्यामा परेका विपन्न, गरिब तथा मजदुरहरुको परिवारलाई राहत वितरण गरिने भएको हो । कुश्मा नगर कार्यपालिकाको वैठकले नगरका १४ वटै वडाबाट सिफारीस भएर आएकाहरुलाई राहत दिने निर्णय गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
कार्यपालिकाले राहत वितरणका लागि मापदण्ड समेत तयार गरेको छ । जस अनुसार २ जनाको परिवारलाई १० किलोग्राम चामल, १ किलो दाल, एक लिटर तेल, १ किलो नुन र नुहाउने सावुन १ वटा वितरण गरिने भएको छ । त्यसैगरी चार जना सम्मको परिवारलाई २० किलो चामल, डेढ किलो, दाल, सोहि अनुपातमा तेल, नुन, वितरण गरिने भएको छ भने पाँच जना भन्दा बढि भएको परिवारलाई ३० किलो चामल, अन्य बस्तुहरु २÷२ किलोको दरले वितरण गर्ने तयारी भएको पनि नगरप्रमुख जोशीले जानकारी दिनुभयो ।
कुश्माको वडानं। १ मा २ सय ५१, वडा नं। २ मा २४०, वडा नं। ३ मा १ सय ९३, वडा नं। ४ मा १६४, वडा नं। ५ मा ११२ वडा नं। ६ मा १२८, वडा नं। ७ मा २६८, वडा नं। ८ मा २६८, वडा नं। ९ मा १२२, वडा नं। १० मा १८०, वडा नं। ११ मा २१२, वडानं। १२ मा १७१, वडा नं। १३ मा २२१ र वडा नं। १४ मा २२२ जनालाई राहत वितरण गर्ने जनाएको छ । यस वाहेक सिमान्तकृत वर्ग ४८ र गुजारा व्यावसाय गर्ने ७२ जनालाई पनि राहत दिईने नगरपालिकाले जनाएको छ ।
अन्य स्थानीय तहमा भन्दा कुश्मा नगरपालिकामा विपन्नहरुको संख्या उल्लेख्य रहेको छ । वडा कार्यालयबाट राहतका लागि सिफारिस गरिएको यो संख्या अत्यन्तै ठुलो पाईएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले मापदण्ड र कार्यबिधी मिचेर पनि सिफारिस आएको हुनसक्ने बताउँदै ‘अहिले वडाबाट आएको तथ्याँकलाई आधिकारिक मानेका छैनौ, यसलाई प्रारम्भिक सिफारिस मानेर मापदण्डकै आधारमा राहत बितरण गर्ने जनाउनुभयो । कुस्मामा कालीगण्डकीमा बालुवा चाल्ने देखि बजारमा मजदुरी गर्नेहरुका कारण पनि संख्या अन्यत्र भन्दा बढी नै हुन्छ ।
नगरपालिकाले भोलीदेखिनै वडा र टोलगत रुपमा राहत वितरण कार्य संचालन गर्ने नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!