पर्वत महोत्सवको दशौ दिन आज लेकाली ब्याण्डको कन्सर्ट र शोभा त्रिपाठीको विशेष धमाका यस्ता छन् अन्य कार्यक्रम र आकर्षण - News site from Nepal

पर्वत– पर्वत उद्योग बाणिज्य संघले समग्र पर्वतको आर्थिक र पर्यटकीय विकासका लागि आयोजना गरेको महोत्सव अन्तिम चरणमा छ । अब दुई दिनमात्र बाँकी रहेका छन् ।
महोत्सवको दशौ दिन आज शनिवार रत्यौली, भजन र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताका फाईनल चरणका प्रतिस्पर्धिहरुबीच भिडन्त हुँदै छ् भने पालिका स्तरीय भलिवल प्रतियोगितामा आज रोमाञ्चक सेमिफाईनलका खेल हुँदै छन् । सेमिफाईनलमा दुई समुह बिच प्रतिस्पर्धा रहने संयोजक शेरबहादुर चोचांगीले जानकारी दिनुभयो ।
जसमा पहिलो सेमिफाईनल खेल महाशिला गाउँपालिका र गलकोट नगरपालिका बिच रहनेछ भने दोस्रो मोदी गाउँपालिका र हिल साईड निमार्ण सेबा जैमुनी बिच प्रतिस्पर्धा रहने चोचांगीले जानकारी दिनुभयो । भलिवल प्रतियोगितामा आज कुश्मा नगरपालिका र जलजला गाउँपालिका बिच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ भने पैयु गाउँपालिका र आयोजक उद्योग बाणिज्य सघ बिच खेलहुने छ भने अर्को प्रतिस्पर्धा कुश्मा नगरपालिका र फलेबास नगरपालिका बिच हुनेछन् ।
यो सँगै आज विभिन्न राष्ट्रिय स्तरका लोक तथा पप गायकहरुको प्रस्तुती रहने छ । महोत्सवमा आज लेकाली व्याण्डको विशेष लाईभ कन्सर्ट रहेको छ । र कलाकारहरु
१, शोभा त्रिपाठी
२, कृष्ण समीप सुवेदी
३ वबिता बाँनिया जेरि
४ शर्मिला वि. सि
५ शंकर पन्त
६ गणेश पौडेल
७ लेकालि ब्याण्डको कन्सर्ट रहेको छ । महोत्सव भोली आइतवार समापन हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!