प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सर्वसम्मत - News site from Nepal
प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सर्वसम्मत

काठमाडौं : दिनेश थपलियाको नाम प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मत अनुमोदन भएको छ । बुधबार संसदीय सुनुवाइ समितिबाट थपलिया सर्वसम्मत अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। 
थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा नरोत्तम वैद्यले  पार्टीमा संलग्न भएको भन्दै उजुरी गरेका थिए। पार्टीमा संलग्न व्यक्ति प्रमुख निर्वाचन आयुक्त हुन नसक्ने उनको तर्क थियो। 
निर्वाचन आयोगको प्रमुख आयुक्तमा सर्वसम्मत मनोनित थपलियाले आफूसँग पार्टी सदस्यता नभएको र लागेको आरोपबारे खोज्नुपर्ने बताए। थपलियाले तीन महिनाभित्रै उपनिर्वाचन गर्ने प्रतिवद्धता समितिमा जनाएका छन्। 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!