सांसद गिरीद्धारा मध्यपहाडी लोकमार्ग निर्माण पक्षसँग छलफल - News site from Nepal
सांसद गिरीद्धारा मध्यपहाडी लोकमार्ग निर्माण पक्षसँग छलफल

पर्वत । पुष्पलाल राजमार्ग नामकरण भएको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्डमा स्तरोउन्नतीको काम भईरहेको छ । सडक निर्माणको कामलाइ रप्तार दिने विषयमा भने पर्वत जिल्लाका प्रतिनिधि सभाका सदस्य पदम गिरीले चासो ब्यक्त गरेका छन । सडक निर्माणको क्रममा यातायातमा सहजता ल्याउने र निर्माण कार्य छिटो भन्दा छिटो सक्ने गरी योजना बनाउन मध्यपहाडी राजमार्गको कार्यालय र निर्माण ब्यवसायीलाई सांसद गिरीले ध्यानाकर्षण गराएका हुन । गिरीको सम्पर्क कार्यालय कुश्मामा भएको छलफलमा सांसद गिरीले आगामी बर्षात अगावै सडकको निर्माण कार्यलाई निश्कर्षमा पुराउन आग्रह गरे ।

उनले बर्षातको बेला सडक अवरुद्ध हुनसक्ने स्थानहरुको निर्माण कार्य छिटोसक्न आग्रह गर्दै सडकको निर्माणमा गुणस्तरीयतामा समेत ध्यान दिन आग्रह गरे । सडक अवरुद्ध हुँदा जनप्रतिनिधिको हैसियतमा आफूलाई समेत जनताले गुनासो गर्ने गरेका कारण सडक अवरुद्ध नपारीकन निर्माण कार्य अगाडि बढाउनुपर्ने गिरीको सुझाब थियो । राष्ट्रिय गौरबको योनजामा कहि कतैबाट पनि निर्माण कार्यमा अवरोध भए त्यसको समाधान गर्न आफू तयार रहेको उल्लेख गर्दै निर्माण ब्यवसायीलाई निर्बाध रुपमा निर्माण कार्य अगाडि बढाउन सांसद गिरीले निर्देशन समेत दिए ।
मध्यपहाडी राजमार्गका कार्यालय प्रमुख आशिष थापा मगरले निर्माणको झण्डे ४५ प्रतिशत कार्य सकिएको उक्त अवसरमा जानरकारी दिए । कास्की, पर्वत र बागलुङ जिल्लाको निर्माण कार्यमा कुनै समस्या नभएको उल्लेख गर्दै बर्षातको समय अघि नै कास्की लुम्ले, काँडे खण्डमा कालोपत्रे सक्ने गरी काम अघि बढेको उनले बताए । सो क्षेत्रमा बर्षातको समय सडक अवरुद्ध हुने भएकाले निर्माण कार्यलाई रप्तारका साथ अगाडि बढाइएको बताए । निर्माण कार्यमा बाँकी खण्डहरुमा ठूलो समस्या नरहेको उनको भनाई छ ।

कार्यालय प्रमुख थापाले बर्षात अघि नै पर्वतको मालढुंगा देखि कुश्मामा सम्मको बाटो भने कालोपत्रे गर्ने गरी निर्माण ब्यवसायीले काम अगाडि बढाएको जानकारी गराए । पर्वत खण्डको काम गरीरहेका निर्माण ब्यवसायीका प्रतिनिधि गोविन्द भुषालले निर्माण कार्य तिव्र गतिमा अघि बढेको जानकारी गराए । उनले आगामी असार मसान्तसम्म पर्वत खण्डमा ८० प्रतिशत काम सक्ने गरी योजना गरिएको समेत जानकारी गराए । छलफल कार्यक्रममा जिल्लाका क्रियाशिल सञ्चारकर्मी तथा वडाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!