
पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डीएसपी श्यामु अर्यालको सरुवा भएको छ । पर्वतमा कार्यरत डीएसपी भुवनेश्वर तिवारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।प्रहरी प्रधान कार्यालयले तीनजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।डिएसपी अर्याल यस अघि पनि प्रहरी निरीक्षकको रुपमा पर्वतमा काम गरेका प्रहरी अधिृकत हुन ।
यस्तै, इलाका प्रहरी कार्यालय चितवन टाँडीका इन्चार्ज डीएसपी दयानिधि ज्ञवालीलाई पनि प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ । तिवारी र ज्ञवाली यअसघि भएको प्रहरी उपरीक्षक (एसपी) बढुवामा छुटेका थिए । टाँडीको इन्चार्जमा डीएसपी सन्तोष आचार्यलाई पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी प्रकाश सापकोटालाई पठाइएको छ । बाँकेमा कार्यरत राजेन्द प्रसाद अर्याल बाँकेस्थित दंगा नियन्त्रण गणमा सरुवा भएका छन् ।