सामुदायिक अस्पताल चलाउँदै पर्वतको मोदी गाउँपालिका - News site from Nepal
सामुदायिक अस्पताल चलाउँदै पर्वतको मोदी गाउँपालिका

पर्वत । जिल्लाको मोदी गाउँपालिकाले नदीजन्य वस्तुको विक्रीबाट सामुदायिक अस्पताल बनाउने भएको छ । गाउँ कार्यपालिकाको वैठकले नदीजन्य वस्तुको विक्रीबाट लगाएको विक्रीकरबाट सामुदायिक अस्पताल बनाउने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार नदीजन्य वस्तुको विक्रीबाट गाउँपालिकाको वडा न ६ तिलाहारमा सामुदायिक अस्पताल बनाउने निर्णय भएको हो । गाउँपालिकाले चालु आर्थिक बर्षदेखि गाउँपालिका भित्रका नदीहरुमा नदीजन्य वस्तुको उत्खनन्मा कर लगाएको छ । नदीजन्य वस्तुको बिक्रीबाट भएको आन्तरिक आम्दानीबाट गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउने निर्णय भएको अध्यक्ष लामिछानेले जानकारी दिए ।

हाल सञ्चालन भईरहेको ख्यान्जु क्लिनिकलाई अस्पतालको रुपमा विकास गर्ने यस अघि नै गाउँपालिका र क्लिनिक वीच सहमति भईसकेको छ । अस्पताल निर्माणका लागि आवश्यक पर्ने भवन निर्माणका लागि आन्तरिक आयको रकम खर्च गर्ने कार्यपालिकाको वैठकमा निर्णय भएको हो ।

गाउँपालिका भित्र सुविधा सम्पन्न अस्पताल बनाउने योजना अव पुरा हुन्छ प्रवक्ता लामिछानेले भने आन्तरिक श्रोतको हामीले सही सदुपयोग गछौं । गाउँ कार्यपालिकाको सोमबार बसेको वैठकले नदीजन्य वस्तुको उत्खननका लागि कार्य विधि समेत संसोधन गर्ने निर्णय गरेको छ । गाउँपालिका भित्र रहेका नदीजन्य वस्तुहरुको उत्खनन गर्दा त्यसको संरक्षण र संवद्र्धनमा समेत आवश्यक ध्यान दिने गरी गाउँपालिकाले आवश्यक कार्यविधि निर्माण कार्य अगाडि बढाउने गरी तयारी गरीरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र रतीखोला, मोदीखोला र पातिखोला रहेका छन । खोलाहरुबाट ढुंगा, गिटि, बालुवा उत्खनन् गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!