लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्यटक आगमन अपेक्षा भन्दा बढेपछि गण्डकी प्रदेशमा केक काटेर यसरी मनाईयो खुसीयाली - News site from Nepal

पर्वत–एकै वर्षमा अपेक्षा भन्दा बढि बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा केक काटेर खुसियाली मनाईएको छ ।
नेपालमा सबैभन्दा बढी (डिसेम्वरको गणना नगर्दै) १० लाख भन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आयोजना गरिएको शुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गर्नुभएको हो । सन् २०१८ मा १० लाख १ हजार ३ सय बाह्य पर्यटक भित्रिएका हुन् ।
यस अघि सवैभन्दा बढि सन् २०१५ मा ८ लाख ६० हजार पर्यटक भित्रिएको तथ्यांक रहेको थियो ।
नेपाल टुरिजम बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पर्यटन परिषद्को आयोजनामा खुसियाली समारोहमा बोल्दै मन्त्री लम्सालले केक काट्दै सहभागिहरुलाई खुवाउनुभएको थियो । सो अवसरमा मन्त्री लम्सालले गत वर्ष भन्दा पर्यटक आगमनको दर ३० प्रतिशत बढेको बताउँदै पर्यटन क्षेत्रवाटै पर्यटनको समृद्धि हुने बताउनुभयो । मन्त्री लम्सालले गण्डकी प्रदेशले सन् २०२२ लाई पर्यटन वर्षको रुपमा मनाउन लागेको बताउँदै त्यो अवधि सम्म बार्षिक २० लाख पर्यटकको संख्या टाउने गनेरै देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री लम्सालले बढ्दो पर्यटकको आगमनलाई मध्यनजर गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न थालिएको बताउँदै त्यसका लागि गण्डकी सरकारले ११ वटै जिल्लामा रहेका पर्यटकीय स्थलहरुलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणका लागि बजेट बिनीयोजन गरेको बताउनुभयो ।
कार्यक्रमको संचालन नेपाल टुरिजम बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख सुर्य थपलियाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!