होमस्टे तालिमको शुभारम्ब गर्दै मुख्यमन्त्री गुरुङले भने पौरखी हातलाई सरकारको सहयोग हुन्छ

पोखरा गण्डकी प्रदेश सरकारले प्रदेश भित्र रहेका होमस्टे(घरबास) सञ्चालकहरुलाई तालिम दिन थालेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजसँगको सहकार्यमा होमस्टे(घरबास) समितिका सदस्यहरुको लागि पाँच दिने...

पर्वतको जलजलामा ७ सयले भरे बेरोजगारको आवेदन,चैत मसान्त सम्म भर्न सकिने

पर्वत –  पर्वतको उत्तरी जलजला गाउँपालिकामा सात सय २२ जनाले बेरोजगार आवेदन फारम भरेका छन् । गाउँपालिकाका ९ वटै वडामा बेरोजगारीको सूची दर्ताका लागि आवेदन फारम भर्ने सुविधा उपलब्ध गराएको...

पर्वत जिल्लाको विकासमा जापानमा रहेका पर्वतेहरुको पहल, टोकियोमा अन्तरकृया सम्पन्न

पर्वत । जापानमा रहेका पर्वतेहरुले फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा र महाशिला गॉउपालिका अध्यक्ष राजु पौडेलसंग पर्वत जिल्लाको योजना, विकास र सम्भावनका बारेमा जापानमा रहेका पर्वतबासीसंग अन्तरक्रिया सम्पन्न भएको भयो ।सघिय...

काठका विद्युत पोल विस्थापीत गर्दै विहादी गाउँपालिका

२६ चैत्र, पर्वत । जिल्लाको विहादी गाउँपालिकाले आगामी आर्थिक बर्ष भित्र काठे पोल विस्थापीत गर्ने गरी अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले आफ्ना ६ वटै वडाहरु भित्रका काठेपोल विस्थापीतको अभियान सञ्चालन गरेको हो । चालु...

पर्वत प्रहरीले भित्र्यायो नेपालमै पहिलोपटक यस्तो प्रविधि, अब अपराधबारे थाहा पाउन ‘क्राईम म्याप’

पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लामा घटेका र घट्न सक्ने घटनाहरुलाई सर्वेक्षण गर्न र सर्वसाधारणले समेतहेर्न मिल्ने गरी समग्र जिल्लाको ‘क्राइम म्याप’ अपराध नक्सा  तयार पारेको छ । प्रहरीले कुश्मा नगरपालिकाको सहयोगमा जिल्लाकासात वटै स्थानीय तहको सर्वेक्षण गर्न मिल्ने गरी उक्त नक्सा बनाएको हो ।पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय पर्वतमा चोरी, डकैती, लुटपात, झैझगडा, कर्तव्य ज्यान लगायतका घटना दर्ता हुने क्रम बढ्दैगएपछि त्यसको तथ्याङ्क अध्यावधिक सँगै घटना सर्वेक्षण गर्न क्राइम म्याप बनाइएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीलेजानकारी दिए । धार्मिक तथा पर्यटनको हिसावले पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको सन्दर्भमा जिल्लाको अपराधिकअवस्थालाई जस्ताको त्यस्तै नक्सामा उतार्नका लागि प्रहरीले नक्सा बनाउने काम अघि बढाएको हो । ‘नक्सा इन्टरनेटको माध्यामबाटजो सुकैले पनि संसारको जुनसुकै ठाउँबाट हेर्न मिल्ने गरी बनाइएको छ’ प्रहरी नायव उपरिक्षक तिवारीले भने ‘हामी नेपालमा नै पहिलोप्रयास हो, नेपाल भित्र र बाहिर जुनसुकै स्थानबाट पर्वत आउने व्यक्तिले पर्वतको क्राइमको अवस्थाले नक्साबाट हेरेर घुमफिर गर्नसक्छ’ उनले नक्साकै आधारमा पर्वतका सम्बेदनशील क्षेत्रहरु छुट्टाउन सकिने बताए ।क्राइम नक्सामा पर्वतका सवै स्थानमा विगत तीनबर्ष यतादेखि भएका घटनाहरु अध्यावधिक गरिएको छ । कुन समयमा पर्वतको कुनस्थानमा के घटना घटेको हो भन्ने कुरा नक्साबाट प्रष्ट थाहा पाउने भएकाले क्राइम म्याप प्रभावकारी हुने देखिएको कुश्मानगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । ‘अब सात वटै स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो तहको सुरक्षा सम्बेदनशील क्षेत्रनक्साबाटै हेर्न पाउनेछन्’ उनले जनप्रतिनिधिहरुलाई अपराध नियन्त्रणमा क्राइम म्यापले महत्वपूर्ण सहयोग पुग्ने बताए ।उक्त क्राइम म्याप निर्माणको आर्थिक तथा प्राविधिक सम्पूर्ण जिम्मा कुश्मा नगरपालिकाले लिएको छ । अहिले नक्सामा घटनाअद्यावधिक गर्ने कार्य भइरहेको र एप्लिकेशन मार्फत नै क्राइम म्याप हेर्न सकिने गरी प्राविधिक कार्य भइरहेको कुश्मा नगरपालिकाकासूचना प्रविधि इञ्जिनियर राजिव रिमालले जानकारी दिए । ...

अस्पतालको गेटमै बिरामीको विचल्ली, न गाँस न त चिकित्सकको साथ

काठमाडौं– आज मिति २०७५ चैत २६ गते मंगलबार । आज प्रकाशित भएका पत्रपत्रिकाहरुले विभिन्न समाचारहरु छापेका छन् । राजधानी दैनिकले बैंक तथा वित्तीय संस्थाको समाचारलाई मुख्य समाचारका रुपमा आठ महिनामा १ अर्ब बढी ऋण डुब्यो...

कस्तो निर्दयी श्रीमान, सत्केरी भएकै दिन चिर्पट प्रहार गर्दा सुत्केरी अचेत

पर्वत–पर्वतको फलेवास नगरपालिका २ थापाठाना खनारका ३० बर्षिय मदन नेपालीले आप्mनै श्रीमती ३३ बर्षिय मुना नेपालीलाई आइतबार राति मरणासन्न हुने गरी कुटपिट गरेका छन् । आइतबार विहान घरमा नै...

मनकारी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, गत वर्ष भर्ना गरेका पर्वतका पाँच विद्यार्थीलाई नियमित सहयोग प्रदान

पर्वत– पर्वतको कुस्माबजार स्थित शिबालय माबिमा अध्ययनरत सुहानी नेपालीलाई आइतबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोशाक र स्टेशनरीले भरिएको झोला भिराउँदै केही नगद पनि दिनुभयो ।बिद्यालयमा नयाँ शैक्षिकसत्र शुरु हुन लागेका बेला अध्यक्ष तिमिल्सिनाले...

कालीगण्डकी करिडोरको अवलोकन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र मन्त्री लम्सालले भने – ‘मिर्मी –कुस्मा कालोपत्रे गरेरै छाडेछौँ

पर्वत /निर्माणाधिन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको पर्वत खण्डको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका मन्त्री बिकास लम्साल, उत्तरदक्षिण ÷ब्यापारिक मार्ग सुधार आयोजनाका निर्देशक रामहरी पोखरेल लगायतले अवलोकन गर्नुभएको छ । करिडोरको पर्वत...

शीर्ष नेतालाई बेग्लाबेग्लै मनाउने प्रयासमा ओली–प्रचण्ड

काठमाडौं : एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन्। नयाँपत्रिका दैनिक लेख्छ, नेताहरूलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा...