रामचन्द्र भुसाल
पर्वत – मानव बेचविखन विरुद्धको १६ औँ राष्ट्रिय दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिकाले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तिनै तहको सरकार ः मानव वेचविखन विरुद्धको सरोकार भन्ने नाराका साथ आज नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम गरीएको हो ।
कार्यक्रममा राहाले प्रहरी चौकि फलेवासका प्रहरी प्रमुख कृष्ण बहादुर नेपालीले मानव वेचविखनको विरुद्धमा नेपालमा भएको नियम कानुनको बारेमा जानकारी गराउँदै पछिल्लो समय भए–गरेका वेचविखन सम्बन्धिका घटना तथा उजुरीहरुको विषयवस्तुबारे प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण गर्दै उहाँले हाल पर्वतमा यस्ता प्रकारका घटनाहरु अत्यन्तै कम रहेको भन्दै आगामि दिनहरुमा पनि घटना हुन नदिन सवैले हातेमालो गरी समुदायमा जनचेतना जगाउन आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै नगरप्रमुख गंगाधर तिवारीले यस्ता प्रकारका घटना न्युनिकरणमा समुदाय प्रहरी साझेदारी गरी भयरहित वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । नगरप्रमुख गंगाधर तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महिला विकास निरिक्षक आरति रेग्मिले गर्नुभएको थियो ।






