पर्वतको महाशिलामा रहेको अस्थायी अस्पताललाई स्वर्गिय नविन्द्रराज जोशिको स्मृतिमा स्वास्थ्य सामाग्री वितरण - News site from Nepal

पर्वत- पर्वतको महाशिला गाउँपालिकामा सञ्चालित अस्थाई कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
कोरोना संक्रमण महामारी नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने विभिन्न उपकरण र सामाग्री आज हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री स्वर्गिय नविन्द्रराज जोशीको स्मृतिमा उहाँकी धर्मपत्नी सपना जोशी मार्फत प्राप्त मास्क, पिपई र सेनिटाईजर, बोधी सत्व विहार काठमाण्डौबाट प्राप्त अक्सिजन कन्सनटेटर र कुश्मा नगरपालिकाको तर्फ बाट मास्क, सेनिटाईजर र मास्क महाशिलाको कोरोना अस्थाई अस्पतालमा आज वितरण गरिएको छ ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले महाशिला गाउँपालिकाका स्वास्थ्य संयोजक नरवहादुर बराल क्षेत्रीलाई सामाग्री वितरण गर्नुभएको छ । सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख जोशीले कोरोना महामारी नियन्त्रणमा सामूहिक प्रयास जरुरी रहेको बताउनुभयो । महामारी सबैको साझा समस्या भएकाले आगामी दिनमा पनि कोरोना संक्रमण नियन्त्रणमा हातेमालो गर्ने जोशीले प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा कुश्मा नगरपालिकाका ५ का अध्यक्ष चित्रकला शर्मा, कुश्मा नगरपालिका ४ का अध्यक्ष मीना कमाचार्य, कुश्मा नगरपालिकाका जिन्सी शाखाका प्रमुख बालकृष्ण शर्मा, महाशिला ५ का नेपाली काँग्रेसका सभापति डिल्लीराम उपाध्याय, महाशिलाका जनप्रतिनिधी, नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु सहभागी हुनुभएको थियो ।
यसैबिच महाशिला गाउँपालिका ५ का नेपाली काँग्रेसका क्रियाशिल सदस्य पानकुमारी मल्लको निधन भएकोमा शोक सभा समेत सम्पन्न भएको छ । मल्लको निधन भएकोमा नेपाली काँग्रेस गाउँ कार्यसमिति लुँखुको आयोजनामा आज शोक सभा गरिएको हो । नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी एवं कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, कुश्मा नगरपालिका ४ का अध्यक्ष मिना कमाचार्य, वडा नम्बर ५ का अध्यक्ष चित्रकला शर्मा भारती, कुश्मा नगरपालिका २ का सभापति कालीभक्त शर्मा, कुश्मा नगरपालिका ५ का वडा सदस्य नरेन्द्रबहादुर खत्री, शिक्षक नारायण उपाध्याय लगायतले शोक मन्तव्य राख्दै मल्लको राजनीतिक जीवन र उहाँको निधनले पार्टीलाई भएको क्षतीका बारेमा बोल्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!