पर्वतको फलेवास नगरपालिकाका ६० वर्ष नाघेका स्वयंसेविकाहरुलाई विदाई - News site from Nepal

रामचन्द्र भुसाल /फलेवास
पर्वत – पर्वतको फलेवास नगरपालिकाका विभिन्न वडामा कार्यरत ६० वर्ष उमेर नाघेका स्वयमसेवीकाहरुलाई विदाई गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी अन्य निजामती सेवा जस्तै स्वयंसेविकाहरुलाई ६० वर्षको उमेरहद तोकेर विदाई गरिएको हो ।
लामो समयसम्म निस्वार्थ रुपमा उहाँहरुले गरेको कार्यको उच्च मुल्यांकन गरी जनही नगद रु.२० हजार सम्मान पत्र र दोसल्ला ओढाएर विदाई गरिएको फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो । विदाई हुनेमा नगरभित्रका १० जना स्वयंसेविका रहनुभएको छ ।
कार्यक्रममा उहाँहरुले गरेको सेवाका विषयमा प्रकाश पार्दै नगरपालिकाका परिवार स्वास्थ्य अधिकृत सन्तोष पौडेलले समाजलाई स्वस्थ्य राख्नका लागि स्वयंसेविकाहरुको भूमिका अतुलनिय रहेको बताउनुभयो । महिला स्वयंसेविकाहरु ग्रामीण क्षेत्रका अब्बल स्वास्थ्यकर्मी रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद आचार्य, योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिना र स्वयमसेवीकाको तर्फबाट टिकादेवी पाध्या लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै विदाई हुनुभएकी स्वंसेविका टिकादेवी पाध्याले नगरपालिकाले सम्मान गरेकोमा आफुहरु खुसि भएको कुरा गर्दै, स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गर्ने अवसर प्रदान गर्ने सरोकारवालाहरुलाई धन्यावाद ज्ञापन गर्नुभयो ।

फलेवास नगरपालिकका वडा नं ५ का वडाध्यक्ष दिपकराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ४ मुडिकुवाका वडाध्यक्ष तथा प्रवक्ता टिकाराम गौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखाका प्रमुख रुद्र शर्मा शापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!