पर्वतको शंकरपोखरीका १७ घरपरिवारलाई लुगा सिलाउने मेसिन वितरण - News site from Nepal
पर्वतको शंकरपोखरीका १७ घरपरिवारलाई लुगा सिलाउने मेसिन वितरण

रामचन्द्र भुसाल/फलेवास
पर्वतको फलेवास नगारपालिका वडा नं ३, शंकरपोखरी पुर्कोटका १७ दलित परिवारलाई एक लुगा सिलाउने मेशिन वितरण गरिएको छ ।
विपन्न तथा दलित समुदायको आयआर्जनमा सुधार ल्याउने उद्धेश्यले एक कार्यक्रमका विच लुगा सिलाउने मेसिन वितरण गरिएको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयद्धारा ८० प्रतिशत अनुदानमा मेसिन प्रदान गरीएको हो ।
गण्डकी प्रदेशका पुर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा मेसिन उपल्ध गराईएको क्रिएटिभ इन्नोभेसन इन्टरपेनरसिप नेपालका निर्देशक चन्द्र बहादुर नेपालीले बताउनुभयो । सिप सिकेर जीविकोपार्जन गरी आर्थिक रुपमा सवल बन्ने सर्तमा मेसिन विक्रि गर्न नपाईने गरी वितरण गरीएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय लघुउद्यमी महासंघ नेपालकी अध्यक्ष केशा परीयारले महिला तथा पुरुषहरु दुवैले गर्न सकिने सिलाई कटाई पेशामा मनग्गे आम्दानी गर्न सकिने बताउनुभयो । आफुलाई दक्ष बनाएर मेसिनको सहि सदुपयोग गरी आयआर्जन गर्न उहाँले आग्रह गर्नुभयो ।
मेसिन पाउने १७ परिवारका सदस्यहरुले मेसिन उपलब्ध गराउन सहयोग गर्ने निकायलाई धन्यवाद ज्ञापन गर्दै खुसि व्यक्त गरेका छन् । मेसिन पाउनेहरु सवै तालिमप्राप्त भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!