पर्वतको कुश्माबजारमा म्याद नाघेका खाद्यबस्तु छ्याप्छ्याप्ती, उपभोक्तामाथि चरम ठगि - News site from Nepal

पर्वत- पर्वत सदरमुकाम कुश्माबजारका म्याद नाघेका र गुणस्तरहिन खाद्यबस्तु छ्यापछ्याप्ती भेटिएका छन् ।
सदरमुकामका अधिकाँश खाद्यान्न पसलमा म्याद गुज्रेका र सडेगलेका खाद्यवस्तु भेटिएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार १९ वटा खाद्य पसलमा गरिएको अनुगमनमा १६ वटा पसलमा म्याद गुज्रेका खाद्यवस्तु भेटिएको हो । अनुगमनका क्रममा अधिकांस पसलमा मुल्य बृद्धिसँगै म्याद गुज्रेका र गुणस्तरहिन खाद्यवस्तु भेटिएको जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकिय अधिकृत दिनेश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सबै खाद्य पसलमा म्याद गुज्रेका खाद्यवस्तु पाइएको, मुल्य बृद्धि गरिएको, मुल्य सुचि नटासेको जस्ता लापरवाही व्यावसायीहरुवाट भएको पाईएको छ ।
‘हामीले उपभोक्ताको मागलाई ध्यानमा राखेर पसल अनुगमन गर्‍यौँ, उहाँले भन्नुभयो,‘तर बजारका अधिकांस पसलमा म्याद गुज्रेका सामग्री पाईयो । बजारमा करिव ८० प्रतिशत खाद्यान्न पसलमा म्याद गुज्रिएका खाद्य वस्तु भेटिएको शर्माले बताउनु भयो । उहाँले बजार अनुगमन चुस्तदुरुस्त बनाउने सरकारको नीति रहेको बताउँदै बजारमा मुल्य बृद्धिमा रोक लगाउने, कालो बजारी नियन्त्रण गर्ने, अनाधिकृत रुपमा नाफा आर्जन गर्न नदिने र नियमपरिधी भित्र व्यवसाय संचालन छ, छैन भनेर बजार अनुगमन गरेको बताउनु भयो । शर्माले आगमी दिनमा बजार अनुगमनलाई तिव्रता दिने बताउनु भयो ।
त्यस्तै अगुगमनका क्रममा भेटिएका सामग्रीमध्ये धेरैजसो तरकारी जन्य वस्तु रहेका छन् भने दालमोठ, आँटा, दाल, बिस्कुट, चिजबल, अचार लगायतका वस्तु जफत गरि नष्ट गरिएको छ । अनुगमन टोलीका संयोजक समेत रहेका प्रशासकिय अधिकृत शर्माले अनुगमनका क्रममा ब्यावसायीहरुलाई मुल्य सुची देखिने गरी टाँस्न, खाद्य बस्तु अलग अलग राख्न, ब्यावसाय नविकरण गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले खाद्य वस्तुसँगै एक औषधी पसलमा समेत अनुगमन गरिएको बताउनुभयो । कुश्माको बडागाउँमा संचालित औषधी पसलमा अनुगमन गरि तीनदिन भित्र आवश्यक कागजपत्र लिएर उपस्थित हुन निर्देशन समेत दिनुभएको छ ।
खाद्यबस्तु किनमेलका लागि सदरमुकाममा आउने जो कोही उपभोक्ताले खाद्य सामग्री किन्दा उत्पादित कम्पनी र म्याद अनिवार्य हेरेर मात्रै खरिद गर्न सुझाव दिनुभयो ।
प्रशासनको नेतृत्वमा भएको बजार अनुगमनमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, उद्योग वाण्ज्यि संघ, कुश्मा नगरपालिका, प्रहरी र पत्रकारहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!