गैर आवसिय नेपाली संघ स्वीडेनको सहयोगमा पर्वतको खुर्कोटमा स्वास्थ्य चौकी भवन निर्माण गरिँदै - News site from Nepal

पर्वत – पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा स्वास्थ्य चौकी भवन बन्ने भएको छ । गैर आवसिय नेपाली संघ राष्ट्रिय परिषद् स्वीडेनको आर्थिक सहयोगमा सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो । चार कोठे भवनको आज गैर आवसिय नेपाली संघका आईसीसी सदस्य एवम् गैर आवसिय नेपाली संघ राष्ट्रिय परिषद् स्वीडेनका पूर्व अध्यक्ष अर्जुनकुमार श्रेष्ठले शिल्यान्यास गर्नुभएको हो ।
शिल्यान्यास कार्यक्रममा बोल्दै श्रेष्ठले गैर आवसिय नेपाली संघ स्वीडेनले प्रत्येक बर्ष परोपकारी कार्य गदै आएकाले खुर्कोटमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको बताउनु भयो । नेपालमा जन्मिएर विभिन्न पेशा व्यवसाय र अध्ययनका लागि स्वीडेन पुगेका नेपालीहरुबाट संकलन गरिएको रकम नेपालको शिक्षा र स्वास्थमा खर्च गरेको उहाँको भनाई थियो । हामी नेपाली मातृभूमि र नेपाल सँग जोडिन चाहान्छौँ श्रेष्ठले भन्नुभयो,‘विदेशमा रगत र पसिना बगाएर कमाएको पैसा समृद्ध नेपाल निर्माणमा खर्च गछौँ,।’ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका श्रेष्ठले विकास निर्माणमा पार्टी भन्दा पनि साथी भएर माथि उठ्नुपर्ने धारण राख्नुभयो । स्वास्थ्य चौकीका भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै गुणस्तरिय भवन निर्माणमा नागरिकको निगरानी हुनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले भवन निर्माणका लागि व्यक्तिगत रुपमा २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
गैर आवसिय नेपाली संघ स्वीडेनले भवन निर्माणका लागि १६ लाख रुपैयाँ सहयोग गर्नेछ । वडा कार्यालयले अन्य रकम नगरपालिका सँग माग गर्ने खुर्कोटका वडा अध्यक्ष यदुनाथ बास्तोलाले जानकारी दिनुभयो । हामीले एनआरएनए स्वीडेन सँग तिन कोठे भवनको लागि रकम माग गरेका थियौँ, बास्तोलाले भन्नुभयो,‘उहाँहरुको रकमलाई थप गदै हामीले ४ कोठे भवनको निर्माण गर्नेछौँ,।’ उहाँले भोलीदेखी नै स्वास्थ्य चौकी भवनको निर्माण कार्य अगाडि बढाईने बताउनु भयो । भवन निर्माणका लागि स्थानीय हरिदत्त जैसी र कोपीला जैसीले ६ आना जग्गा उपलव्ध गराउनु भएको थियो । शिल्यान्यास कार्यक्रममा नेकपा एमालेका सचिवलय सदस्य शेषराज रेग्मी, माओवादीका प्रतिनिधी कृष्णप्रसाद शर्मा र नेपाली काँग्रसबाट तिर्थप्रसाद शर्मा, खुर्कोट स्वास्थ्य चौकी व्यवस्थान समितका सदस्य बावुराम शर्मा र स्थानीय गुप्तनिधी शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
वडा अध्यक्ष बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य चौकीकी अनमी गिता शर्माले गर्नुभएको थियो । कार्यक्रमको संचालन खुर्कोट स्वास्थ्य चौकीका प्रमुख टेकनाथ सुवेदीले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!