पर्वतमा आज थप एक जनाको कोरोना संक्रमणवाट निधन - News site from Nepal
पर्वतमा आज थप एक जनाको कोरोना संक्रमणवाट निधन

पर्वत- पर्वतमा थप एक जना पुरुषको कोरोना भाईरसको संक्रमणवाट निधन भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ का एक ६८ वर्षिय पुरुषको मृत्यु भएको हो ।
उहाँको हिजो बुधवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । उहाँमा गत असार १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सँगै पर्वतमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमणवाट मृत्यु भएका थप ५ जनाको पनि आज पुष्टि गरेको छ । यसैगरी कुश्मा नगरपालिका वडा नं. १ का ७५ वर्षिय पुरुषको गत वेशाख १२ गते निधन भएको छ । होम आईशोलेशनमै रहनुभएका बृद्धको उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भएको स्वास्थ्य कार्यालय पर्वतले जानकारी दिएको छ ।जलजला गाउँपालिका वडा नं. ७ का ५२ वर्षिया पुरुषको गत जेठ २० मा निधन भएको, मोदी गाउँपालिका वडा नं. २ की ६५ वर्षिया महिलाको गत असार १६ गते निधन भएको, पैंयु गाउँपालिका वडा नं. ४ का ४० वर्षिय पुरुषको गत वैशाख २८ गते मृत्यु भएको र फलेवास नगरपालिका वडा नं. १० का ७५ वर्षिय पुरुषको असार ३० गते मृत्यु भएको पनि आज निर्देशनालयले पुष्टि गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!