पर्वतको पकुवामा भीरबाट लडेकालाई उद्दार गरी उपचारार्थ पोखरा रेफर - News site from Nepal

पर्वत : घाँस काट्न जाने क्रममा भीरबाट खसेका कुश्मा नगरपालिका-११, पकुवाका ५५ वर्षीय रामप्रसाद सुवेदीको उद्दार गरी उपचारार्थ पोखरा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पकुवाको पाखाथर घर भएका सुवेदी बुधवार बिहान करिब साढे नौ बजेतिर कुश्मा नगरपालिका–१० पिपलटारीस्थित कमेरे गौँडा भीरबाट खसेका थिए।

घाँस काट्न जाँदै गरेको अवस्थामा घरबाट करिब दुई किलोमिटर तल पुगेका उनलाई करिब दुई घण्टापछि उद्दार गरिएको हो। उनी भीरबाट करिब २०० मिटर तल खसेका थिए।

वडा प्रहरी कार्यालय ठूलीपोखरीबाट गएको प्रहरी टोलीले उद्दार गरी उनलाई उपचारार्थ पर्वत अस्पतालमा लगेको थियो।

शरीरका विभिन्न ठाउँमा चोट लागेका सुवेदीलाई पर्वत अस्पतालबाट थप उपचारको लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!