पर्वतको दुर्लुङमा कोरोना नियन्त्रणको प्रयास - News site from Nepal
पर्वतको दुर्लुङमा कोरोना नियन्त्रणको प्रयास

पर्वत – पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा कोरोना संक्रमण फैलिन नदिन र संक्रमितको उपचारका लागि विभिन्न निर्णय भएका छन् । बिहीवार वडा कार्यालयको आव्हान भएको बैठकले वडामा संक्रमणको खतरा बढेकाले स्वास्थ्य मापदण्डको पालना कडाई गर्ने, होम आईसोलेसनमा बसेकाहरुको नियमित अनुगमन, पीसीआर परीक्षण शिविर सञ्चालन लगायतका निर्णय भएका छन् ।
वडामा भएको सर्बपक्षिय तथा सर्वदलिय बैठकले कोरोना संक्रमणका कारण ज्याला मजदूरी गरि जिविका चलाउनेलाई खाद्यन्न राहात वितरण गर्ने निर्णय पनि गरेको छ ।
राहातको खर्च चालु वर्षको वडाको बजेट खर्च गर्ने निर्णय भएको वडा सचिव यामप्रसाद पौडेलले जानकारी दिनुभयो । वडाध्यक्ष तेजप्रसाद पाध्याको अध्यक्षतामा बसेको बैठकले यि निर्णय गरेको हो । वडा कार्यालयले अहिले कोरोनाका कारण स्वास्थ्य संकट देखा परेको हुनाले दुर्लुङबाट देशबिदेशमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग र उपकरण सहयोग गर्न अनुरोध समेत गरिएको छ । जन्मभूमीमा कोरोनाले संकट पारेको बेला देश बिदेशमा रहेका व्याक्तिहरुले सहयोग गर्ने अपेक्षा सहित सहयोग माग गरिएको वडाध्यक्ष तेजप्रसाद पाध्याले बताउनुभयो ।
दुर्लुङवासीहरु मनकारी रहेको बताउँदै पाध्याले कोरोनाको अहिलेको संकट सबैको सहयोग र सहकार्यले पार लगाउन सक्ने बैठकले निष्कर्ष निकालेको उहाँले बताउनुभयो । वडाध्यक्ष पाध्याको नेतृत्वमा आईसोलेसन अनुगमन समिति बनेको छ । दुर्लुङमा जेठ ७ गते ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने अहिले सम्म दुई जनाको मृत्यु भैसकेको छ ।
मृतक र संक्रमितका परिवार र शंकास्पद व्याक्तिहरुको पीसीआर परिक्षणका लागि जेठ १६ गते स्वाव संकलन शिविर आयोजना गरिएको वडा सचिव पौडेलले जानकारी दिनुभयो । कोरोना संक्रमण नियन्त्रणका लागि सबैलाई स्वास्थ्यका मापदण्डहरुको पालना गरि आँफु र आफ्नो परिवारलाई सुरक्षित राख्न अपील गरिएको पनि पौडेलले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!