पर्वतमा १२ औँ चरणमा हात्तिपाईले बिरुद्धको औषधी ख्वाईँदै - News site from Nepal
पर्वतमा १२ औँ चरणमा हात्तिपाईले बिरुद्धको औषधी ख्वाईँदै

पर्वत –  पर्वतमा हात्तिपाईले रोग विरुद्धको १२ औँ चरणको आम औषधी ख्वाउने अभियान शुरु गर्ने तयारी गरिएको छ । ११ औँ चरण सम्म औषधी ख्वाउँदा पनि हात्तिपाईले रोगको संक्रमण न्यूनतम एक प्रतिशतमा नझरेपछि यसवर्ष पनि आम औषधी ख्वाउन थालिएको हो । स्वास्थ्य कार्यालय पर्वतले चैत २० गतेदेखि १२ औँ चरणको औषधी ख्वाउने अभियान शुरु गर्न थालेको तथ्यांक अधिकृत प्रविण भण्डारीले जानकारी दिनुभयो ।
जिल्लाको कुश्मा नगरपालिका १ पाङ र फलेवास नगरपालिका ५ खानीगाउँमा हालै गरिएको समूदायमा गरिएको परिक्षणमा संक्रमण कायमै रहेको पाईएपछि जिल्लाभरी नै औषधी ख्वाउनुपरेको भण्डारीले जानकारी दिनुभयो । यसचरणमा जिल्लाका एक लाख २५ हजार १ सय ५९ जनालाई औषधी ख्वाउने भएको छ । औषधी ख्वाउनका लागि स्वास्थ्यकर्मीहरु परिचालन गर्ने तयारी भएको छ । जिल्लाका सबै वडामा एकै दिन अभियान शुरु गरेर बढिमा एक हप्ताभित्र ख्वाइसक्ने लक्ष्य रहेको भण्डारीले बताउनुभयो ।
हात्तिपाईले रोगको संक्रमण जिल्लामा अहिले पनि ५ प्रतिशत भन्दा बढि देखिएको छ । स्वास्थ्य कार्यालय संगै सात वटै स्थानीय तहले औषधी ख्वाउने कार्यक्रमको तयारी पुरा गरेको जनाएका छन् । औषधी वितरण गरेपनि सर्वसाधारणहरुले सेवन नगर्ने समस्या रहेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । औषधी नखाने समस्या देखिएपछि गतवर्ष देखि स्वास्थ्यकर्मीकै निगरानीमा औषधी ख्वाउन थालिएको थियो । यस वर्ष पनि स्वास्थ्यकर्मीको निगरानीमा औषधी ख्वाईने पर्वत अस्पतालका प्रमुख डा. डिवी क्षेत्रीले जानकारी दिनुभयो ।
क्षेत्रीले औषधी ख्वाउने अभियानलाई सबैले सहयोग गर्ने र पर्वतमा अर्को चरणमा औषधी खान नपर्ने गरि सबै सयन्त्र लाग्नुपर्ने डा. क्षेत्रीले बताउनुभयो । पर्वतमा सन् २०१० देखी हात्तिपाईले बिरुद्धको औषधी ख्वाउने अभियान शुरु भएको थियो । आम औषधी सेवन गर्ने दर ७५ प्रतिशत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!