समाजसेवी गिरीद्धारा चुवाको मंगलोदय माविमा अक्षयकोष स्थापना - News site from Nepal
समाजसेवी गिरीद्धारा चुवाको मंगलोदय माविमा अक्षयकोष स्थापना

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा रहेको मंगलोदय माविमा अक्षयकोष स्थापना गरिएको हो ।
विपन्न तथा दलित बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गरि उनिहरुको पठनपाठनमा सहजता प्रदान गर्ने उद्धेश्यले बलभद्र-कलाधर अक्षयकोष स्थापना गरिएको हो ।
कुश्मा निवासी सामाजसेवी कलाधर गिरीले आफ्ना छोरा तथा अन्तर्राष्ट्रिय पर्वत समाजका निवर्तमान अध्यक्ष समाजसेवी पुरन गिरीको सहयोगमा रु १ लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो । कोषको प्रमुख संरक्षकमा कलाधर गिरी हुनुहुन्छ । आइतवार विद्यालयमा आयोजित एक कार्यक्रममा अक्षयकोषको रकम विद्यालयका प्रद्यानाध्यापक नागेश्वर उपाध्यायलाई हस्तान्तरण गर्नुभएको हो ।
उक्त कोषको रकमवाट हरेक वर्ष प्राप्त हुने ब्याज रकमले विपन्न, तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक कृयाकलापमा सहयोग गरिने भएको छ । कार्यक्रममा अक्षयकोषका संरक्षक कलाधर गिरीले कोषको उचित सदुपयोग र संरक्षण गर्न आग्रह गर्दै यस कोषलाई क्रमश बृद्धि गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका युवा नेता शंकर गिरीले मंगलोदय माविलाई आफ्ना बाबुबाजेको पालादेखिनै आर्थिक र भौतिक रुपमा सहयोग गर्दै आएको स्मरण गराउँदै विद्यालयको शैक्षिक विकासका निम्ति सरोकारवाला सवैको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमाम विद्यालयका प्रअ नागेश्वर उपाध्याय, व्यवस्थापन समिति सदस्य हरिनारायण रेग्मी र मुगा पोखरेल लगायतले बोल्नुभएको थियो ।
कृष्णबहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक तारानाथ शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!