पर्वतको खरेहावाट ९ लाख ५८ हजार नगद सहित ८ जना जुवाडे पक्राउ - News site from Nepal
पर्वतको खरेहावाट ९ लाख ५८ हजार नगद सहित ८ जना जुवाडे पक्राउ

पर्वत – पर्वत सदरमुकाम कुश्मावाट ठुलो धनराशी सहित ८ जना जुवाडे पक्राउ परेका छन् ।
कुश्मा नगरपालिका वडा नं. ७ खरेहामा स्थानीय गोविन्द अधिकारीको घरमा जुवा खेलीरहेका ८ जना नगद रु. ९ लाख ५८ हजार ७ सय ४१ रुपैया सहित फक्राउ परेका हुन् । दुई जना जनप्रतिनिधि समेत रहेका छन् । उनिहरुवाट चार बुक तास समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
ठुलो धनराशी हारजीत हुनेगरी तास खेलिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयवाट खटिएको टोलीले शुक्रवार साँझ पक्राउ गरेको हो । उनिहरुलाई जिल्ला प्रशासन कार्यालयवाट म्याद थप गरी अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।
पर्वतमा दशै, तिहारको समयमा हरेक वर्ष धेरै जुवाडेहरु पक्राउ पर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!