पर्वतको महाशिलाको बजेट ३९ करोड, बिदुर तथा एकल पुरुषलाई भत्ताको व्यवस्था (पुर्ण पाठ सहित) - News site from Nepal

पर्वत-पर्वतको महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
बिहीवार सम्पन्न दशौ गाउँसभामा अध्यक्ष राजुप्रसाद पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष हिराकुमारी रानाले बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँसभाले आगामी आर्थिक वर्ष ७८/७९ का लागि लागि कुल ३९ करोड १२ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
महाशिलाले चालु खर्च तर्फ ३ करोड २८ लाख २१ हजार, बिनीयोजन गरेको छ भने पुँजीगत तर्फ १५ करोड ४ लाख ७१ हजार बिनीयोजन गरेको जनाएको छ । यसैगरी शसर्त तर्फ संघीय सरकारवाट तोकिएको कार्यक्रममा रु १६ करोड ९७ लाख, विशेष अनुदान संघीय तर्फ १ करोड ८ लाख रुपैया रहेको छ । त्यसैगरी शसर्त अनुदान प्रदेश सरकारतर्फ ६० लाख, समपुरक ४० लाख र जिल्ला समन्वय समिति मार्फत प्राप्त रु ४० लाख र अन्य गरी उक्त बजेट सार्वजनिक गरिएको हो ।
महाशिलाले आगामी आर्थिक वर्षमा ७१ लाख २ हजार ८ सय राजश्व संकलन हुने अनुमान गरेको छ । महाशिला कोरोना नियन्त्रण, सडक पूर्वाधार विकास, पर्यटन, कृषि, रोजगारी र शिक्षालाई बजेटमा मुख्य प्राथमिकता दिएको छ । यो गाउँपालिकाले आर्थिक विकास, गरिबी निवारण, र रोजगारीको सिर्जना गर्ने उद्धेश्य लिएको छ । उत्पादनमुलक तथा छिटो प्रतिफल दिने कार्यक्रमहरु, जनताको जीवनस्तर उकास्ने कार्यक्रम, स्थानीय श्रोत साधन, सिप र स्थानीयको सभागितामुलक कार्यक्रमलाई जोड दिईएको छ । दिगो विकास वातावरणीय संरक्षण तथा सम्वद्र्धन, पारदर्शि, उत्तरदायित्व र सूचनाको हक मार्फत सुसशासनको अभिबृद्धि गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
आगामी वर्षको बजेटमा महाशिलाले गाउँपालिकाको प्रशाशकिय भबन, स्वास्थ सस्था तथा वडाको भबन निर्माणको लागि साझेदारी बजेट, प्रदेश सरकारसँग भोक्सिङ सर्बुडाडा सालडाडा सडकका लागि साझेदारी, डिपिआर भएका सडकको स्तरोन्नती, कृषि तथा पशु उधमशिलता बिकास कार्यक्रम, लिमे तथा पारकोटे भैंसी संरक्षण कार्यक्रमका लागि समेत बजेट बिनीयोजन गरेको छ ।
त्यसैगरी बाँझो जग्गा खेती अभियान, तरकारी मासु र फलफूल बिकासका लागि पकेट तथा ब्लक क्षेत्र गठन र बिस्तार कार्यक्रम, मजदुर तथा कृषि मजदुर कल्याणकारी कार्यक्रम समेत बजेटमा समावेश गरिएको छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई मासिक भत्ता वितरण गरिने, असहाय विद्यार्थी तथा बालबालिका छात्रवृत्ति कार्यक्रम, प्राथमिक स्वास्थ केन्द्रमा डिजिटल एक्सरे खरिद गर्ने कार्यक्रम समेत बजेटमा समावेश गरिएको छ । कोरोना संक्रमीत हरुको उपचारमा खटिएका स्वास्थकर्मीहरुको लागि प्रोत्साहन, सामाजिक बिकृती र बिसङती विरुद्धको अभियान, खेलकुद बिकास तथा प्रबद्र्धनका लागी युवा लक्षित कार्यक्रम संचालन गर्नेभएको छ ।
शिक्षामा प्रबिधि मैत्री कार्यक्रम तथा बिद्यालय कर्मचारीहरुको कन्द्रिय ब्यष्भार करिब ५२ लाख बिनयोजन गरिएको छ भने कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचारका लागि तथा बिपद ब्यबस्थापनको लागि प्रकोप ब्यबस्थापन कोष स्थापना गरिने भएको छ । बिदुर तथा एकल पुरुष भत्ता मासिक एक हजार वितरण गर्ने कार्यको शुरुवात गरिने भएको भने मेरो गाउँको योगदान महाशिला गाउँ पालिकाको पेन्सन कार्यक्रमा मासिक ब्यक्तिको ५०० जम्मा गरि ५०प्रतिशत २५० थप गरि १० बर्षको कार्यक्रम महाशिला गाउँपालिकाको बिपन्न १००० एक हजार घर धुरीमा संचालन गर्ने लक्ष्य लिएको छ । गाउँमा उद्यम घरमा रोजगारी घर फर्क प्यारा प्यारी कार्यक्रमको व्यावसायिक उत्पादनमा ब्याज अनुदान दिने कार्यक्रम समेत समावेश गरिएको प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो ।

पुर्ण पाठ 

महाशिला गा_पाको बजेट बक्तव्य 2078-79

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!