मोदीको जनमुखि कार्यक्रम, २० यूनिट सम्म खपत गर्ने ग्राहकको विद्युत महशुल पालिकाले तिरिदिने (बजेटको पुर्ण पाठसहित) - News site from Nepal

पर्वत-  पर्वतको मोदी गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम, आर्थिक ऐन,२०७८, विनियोजन ऐन, २०७८ बार्षिक बजेट तथा योजना पारित गरेको छ । गाउँ सभाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि कुल रू ७२ करोड १८ लाख ६४ हजारको बजेट पारित गरेको छ । जसमा ससर्त र सामाजिक सुरक्षासहित ४४ करोड ९३ लाख ६४ हजार चालू तर्फ र २७ करोड २५ लाख पूँजीगत तर्फ विनियोजन पारित गरिएको छ । नीति तथा कार्यक्रम र बजेटमा समावेश मुख्य बुँदाहरू निम्न छन ।
मोदी गाउँपालिकाले आगामी बजेटमा गाउँपालिका हाइड्रोको हव भएको र विद्युत रोयल्टी समेत प्राप्त हुने कुरा मध्यनजर गर्दै मोदी गाउँपालिकामा २० यूनिट सम्म मात्र खपत गर्ने सबै घर परिवारको २० युनिट सम्मको न्यूनतम शुल्क अनुदान स्वरूप तिर्ने निणर्य गरेको छ । त्यसैगरी ज्याला मजदुरी गर्ने श्रमिकको योगदानमा आधारित श्रमिक कल्याणकारी कोष सञ्चालन गर्ने, दलित र बालबालिका लक्षित सशक्तिकरणको कार्यक्रममा ४२ लाख रुपैया विनियोजन गरेको छ । त्यसैगरी सबै बालकक्षा सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिक रु.१५ हजार पुर्‍याउन १ करोड २५ लाख विनियोजन गरिएको छ भने गाउँपालिकाको भवन निर्माण गर्न ९० लाख बिनीयोजन गरिएको छ ।
चित्रेमा सोप्रे खानीपानी सञ्चालन रु.८३ लाख, महेन्द्र शिखरी मावि समपुरकमा रु.१ करोड २० लाख बिनीयोजन गरिएको छ । त्यसैगरी वडा कार्यालय भवन निर्माण सम्पन्न गर्न बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्रीले जानकारी दिनुभयो । मोदीले करारमा रहेका कर्मचारीको कल्याणकोष सञ्चालन गर्ने गरी बजेट बिनीयोजन गरेको छ ।


गाउँसभामा नीति तथा कार्यक्रम र बजेट उपाध्यक्ष सेती महतले प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्षमा कोभिड संक्रमण देखिएपछि उपाध्यक्षको अध्यक्षमा सभा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीले जानकारी दिनुभयो ।

 

(बजेटको पुणर् पाठ)

 

आर्थिक वर्ष ७८/को  बजेट वक्तव्य

 

श्रद्धेय यस गरिमामय सभाका सभाध्यक्ष ज्यू,

गाउँ सभाका सम्पूर्ण सदस्य ज्यूहरु,

सभाका सचिव ज्यू,

विषयगत शाखाका प्रमुख ज्यूहरु

सम्पुर्ण राष्ट्रसेवक कर्मचारी साथीहरु र संचारकर्मी मित्रहरु,

लगायत उपस्थित सम्पूर्ण सहभागीहरु

आज म गाउँसभा समक्ष  बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजकतथा उपाध्यक्षको हैसियतमा आर्थिक वर्ष २०७८।७९ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने ऐतिहासिक अवसर  प्राप्त भएकोमा आफुलाई गौरवान्वित ठानेकी छु ।

 

सभाका अध्यक्षज्यू

  • राष्ट्रलाई निरङ्कुश सामान्ती शासनप्रणालीको अँध्यारो युगबाट जनताका प्रतिनिधिमार्फत राज्य संचालन गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो युगमा पुर्‌याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्धाञ्जली ब्यक्त गर्दछु । राष्ट्रियता, राष्ट्रिय हित एवं स्वाभिमान, लोकतन्त्र र जनजीविकाको आन्दोलनको नेत्तृत्व गर्नुहुने अग्रजहरु प्रति उच्च सम्मान ब्यक्त गर्दछु, नेपाली समाजको रुपान्तरणमा उहाँहरुले पुर्‍याउनुभएको योगदानको स्मरण गर्न चाहन्छु ।
  • विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको पहिलो तथा दोस्रो लहरबाट स्वदेश तथा विदेशमा आफ्नो अमुल्य जीवन गमाउनुभएका सम्पूर्ण दाजुभाई तथा दीदिबहिनीहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै कोरोना भाइरसबाट संक्रमितको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
  • कोरोना भाइरसको रोकथाम नियन्त्रणमा हालसम्म सहयोग गर्ने सम्पूर्ण सरकारी गैरसरकारी संघसंस्था, व्याक्ति तथा आम जनसमुदायप्रित हार्दिक आभार व्यक्त गर्दछु । साथै सक्रमणको कुनै प्रवाह नगरी नागरिकको जीवन रक्षा र सेवा प्रवाहमा खट्नुहुने स्वाथ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरुको कामको उच्च मुल्यांकन गर्दै आगामी दिनमा समेत यस्तै प्रकारको सहयोगको अपेक्षा गर्दछु ।

सभाका अध्यक्षज्यू

  • अब म आगामी आर्थिक वर्षको बजेटको सोच तथा लक्ष्य प्रस्तुत गर्न चाहन्छु ।

क= दिगो, समन्यायिक, समावेशी विकास मार्फत सुसंस्कृत र समृद् मोदी निर्माण यस बजेटको सोच रहेको छ ।

v=स्वस्थ्य समाज निर्माण र मोदीबासीको जीवनस्तरमा सुधार गरि सुखी र खुशी नागरिक बनाउनु बजेटको उदेश्य रहेको छ ।

 

आगामीआ.व.को बजेट तर्जुमामामैले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४,राष्ट्रिय प्राकृतिक स्रोत तथावित्तआयोग ऐन २०७४, अन्तर सरकारी वित्तव्यवस्थापन ऐन २०७४, संघीय र प्रदेश सरकारले जारी गरेका नीति, कानुनतथा मापदण्ड, संघीय सरकारको पन्ध्रौआवधिक योजना, गण्डकी प्रदेश सरकारको पहिलो पञ्चवर्षिय योजना, स्थानीयतहको बजेट तर्जुमादिग्दर्शन, संघ तथाप्रदेशको नीति बजेट तथाकार्यक्रम, स्थानीय स्रोतसाधन, स्थानीयआवश्यकता र स्थानीयविभिन्नपक्षहरुको सल्लाह सुझावलाई आधार बनाएकी छु ।
छ.‍ मोदीगाउँपालिकाकोे बजेट तर्जुमागर्दा निम्नविषयलाइप्राथमिकतामा राखेकी छु ।
ज्ञ.‍ कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथामानवजातिको जीवन रक्षा
द्द.‍ आर्थिक विकास, गरिवीनिवारण र रोजगारीको सिर्जना,
घ.‍ आधारभुत स्वास्थ्य सेवातथाशिक्षा
द्ध.‍ पुर्वाधार विकास
छ.‍ उत्पादनमुलकतथा छिटो प्रतिफलदिने विषयहरु
ट.‍ जनताको जीवस्तर उकास्ने कार्यक्रम
ठ.‍ स्थानीय स्रोत सीप र साधनको प्रयोग एवं स्थानीय सहभागिता
ड.‍ लैङिगक समानता, सामाजिक समावेशीकरण र सामाजिकन्याय
ढ.‍ दिगो विकास,वातावरणीय संरक्षण तथा संम्वद्र्धन
ज्ञण्.‍ स्थानीयमाग र आवश्यकता
ज्ञज्ञ.‍ पारदर्शिता, उत्तरदायित्व, सुचनाको हकमार्फत सुशासनको अभिवृद्धि

सभाका अध्यक्षज्यू

 

 

  • अब म चालु आर्थिक वर्षको संसोधित अनुमान पेश गर्ने अनुमति चाहन्छु । चालु आर्थिक वर्षमा सोझै अख्तियारी द्धारा प्राप्त भएका र ससर्त तर्फ केही थपघट भइ र आन्तरिक आय तथा राजश्व बाँडफाँडमा प्राप्त हुन नसक्दा कुल संसोधित आय रु ६७ करोड ४४ लाख हुनेछ । त्यस्तै चालु आर्थिक वर्षको कुल आयमध्ये चालुतर्फ ९० प्रतिशत र पूजीगत तर्फ प्राप्त रकमको ६५.३१ प्रतिशत बजेट खर्च गरी कुल ८३ प्रतिशत बजेट खर्च हुने संसोधित अनुमान रहेको छ ।
  • आगामी आर्थिक वर्षको लागी निम्नलिखित विषयगत क्षेत्रमा निम्नलिखित मुख्यमुख्य कार्यक्रमहरु समावेश गरेकी छु ।

कोभिड १९ रोकथाम र नियन्त्रण तथा कोष रकम

  • विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर रोकथाम नियन्त्रणको लागी स्वास्थ क्षेत्रको सुदृढिकरण, कोरोना अस्पतालको सुदृढिकरण तथा व्यवस्थापन,स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन, आवश्यक स्वास्थ्य र सुरक्षाका सामाग्रीको प्रर्याप्त व्यवस्था, आवश्यक क्वारेन्टाइन र आईसोलेसन निर्माण , वडास्तरसम्म कोरोना परीक्षण, कोरोना भाइरसबाट प्रवाहित अति विपन्न परिवारलाई राहत तथा विद्यालयमा बैकल्पिक सिकाइ सहजीकरण समेतका लागि रु ५० लाख बजेट विनियोजन गरेकी छु ।
  • अब म मोदी गाउँपालिकाको क्षेत्रगत विनियोजन पेश गर्न चाहान्छु ।

आर्थिक विकास

  • मोदी गाउँपालिका भित्रका खोलानालाहरुबाट उत्पादित विद्युतको आन्तरिक स्रोतका रुपमा विद्युत रोयल्टी प्राप्त हुने र सम्पुर्ण मोदीबासी यसको प्रभावित क्षेत्रमा पर्ने कुरा मध्यनजर गर्दै र विद्युत खपतको मितव्ययी प्रयोगलाइ प्रोत्साहन होस र केही सहुलियत होस भन्ने उदेश्यले २० यूनिट सम्म मात्र खपत गर्ने सम्पूर्ण मोदी गाउँपालिका अन्तर्गत रहेका घर परिवारको २० यूनिट सम्मको न्यूनतम शुल्क गाउँपालिकाले सहुलियत अनुदान उपलब्ध गराउन रु २० लाख विनियोजन गरेकी छु ।
  • मोदी गाउँपालिका भित्र ज्याला मजदुरी गरी खाने मोदी गाउँपालिका बासीहरुको लागि योगदानमा आधारित सामाजिक सुरक्षास्वरुप कानुन निर्माण गरि सञ्चालन गर्ने गरि श्रमिक कल्याणकारी कोष सञ्चालनको लागि रु १० लाख विनियोजन गरेकी छु ।
  • मोदी गाउँपालिकालाई तरकारी, मासु, दुध, अण्डा आदीमा आत्मनिर्भर बनाइने छ । जसको लागी उत्पादन तथा ढुवानीमा अनुदानको लागि रकम विनियोजन गरेकी छु ।
  • कृषकहरुको जोखिम न्यूनिकरणको लागी कृषि तथा पशु विमा कार्यक्रम सञ्चालन तथा कृषक राहत कार्यक्रम सञ्चालनको लागि रकम विनियोजन गरेकी छु ।
  • कृषिलाइ आधुनिक प्रविधिसंगै विकास गर्न कृषि यान्त्रीकरणमा रु १२ लाख विनियोजन गरेकी छु ।
  • कृषि बजारमा रहेका बिचौलिया प्रवृत्तिको अन्त्य गरी कृषि उत्पादनमा कृषक र उपभोक्ताको सीधा सम्पर्कको लागि कृषि सहकारीलाई सबलीकरण  गरी सुपथ पसल तथा संकलन केन्द्र स्थापना तथा सञ्चालन गर्न रु १२ लाख विनियोजन गरेकि छु ।
  • कृषि उत्पादनमा बृद्धि गर्न परियोजनाका आधारमा साना र नयाँ प्रविधिमा आधारित सिंचाईमा पूँजीगत अनुदान उपलब्ध गराउनरकम विनियोजन गरेकी छु ।
  • पर्यटन व्यवसायको बजारिकरण गर्न आधुनिक सूचना प्रविधिको उपयोग गरिनेछ । पर्यटक आकर्षणका लागि प्रचार प्रसार तथा सूचनाको प्रवाह गर्न पर्यटन सेवा सूचना केन्द्रको स्थापना र पर्यटकीय स्थानमा विस्तृत एतिहासिक विवरण सहितको होर्डिङ बोर्ड लगायतको कार्यको लागि रु १० लाख विनियोजन गरेकि छु ।
  • उत्पादन बृद्धि, रोजगारी सृजना र गरीवी न्यूनीकरणमा टेवा पुर्याउने साना तथा मझौला उद्योगमा विशेष जोड दिन तथा परम्परागत ज्ञान, स्थानीय सीप, प्रविधि र कच्चा पदार्थमा आधारित घरेलु साना तथा लघु उद्योगलाई प्रवर्द्धनगर्ने उद्यम विकासको क्षेत्रमा रु ४० लाख र ससर्त अनुदान तर्फ नयाँ उद्यमी सिर्जना लगायतको कार्यक्रमको लागि रु ३६ लाख गरी कुल७६ लाख विनियोजन गरेकी छु ।
  • गाउँपालिकामा रहेका खानी तथा खनिज पदार्थको अन्वेषण, उत्खनन, प्रशोधन र प्रयोगमा जोड दिन बजेट व्यवस्था गरेकी छु ।
  • मोदी गाउँपालिकाका सिम्लेताल हम्पाल लगायत स्थानको डिपिआर गर्न रु १० लाख विनियोजन गरेकी छु ।
  • सहकारी क्षेत्रको विकास र व्यवस्थापनको लागि रकम विनियोजन गरेकी छु ।
  • मोदी गाउँपालिकाको कृषि, पशुसेवा, पर्यटन,सहकारी, उद्यम विकास लगायतका आर्थिक विकासको समग्र क्षेत्रमा ससर्त अनुदान बाहेक  गरि रु २ करोड ८२ लाख ४ हजार विनियोजन गरेकी छु ।

सामाजिक विकास

  • दलित तथा बालबालिकाको सशत्तिकरणको लागि केन्द्र सरकारको विशेष अनुदानमा रु ४२ लाख विनियोजन गरेकी छु ।
  • शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नको लागी शैक्षिक गुणस्तर सुधारमा यथेष्ट लगानी गर्ने नीति लिइने छ । शिक्षक दरबन्दी नभई पठनपाठनमा असहज भएका मावि तथा निमावि तहमा विद्यालयहरुलाई अनुदान स्वरुप रकम उपलब्ध गराउन रकम विनियोजन गरेकी छु ।
  • विगत देखी सम्बोधन हुन नसकेको शिक्षाको आधार कक्षाको रुपमा रहेको बाल कक्षा सहजकर्ता, विद्यालय कर्मचारीहरुको नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिको व्यवस्था तथा बाल कक्षा नभएका २ विद्यालयमा बालकक्षाको समेत प्रबन्ध गर्न रु १ करोड २५ लाख विनियोजन गरेकि छु ।
  • प्रावि तहमा अङ्ग्रेजी माध्यममा अध्ययन अध्यापन गराउने विद्यालयलाई अङ्गेजी पाठ्यपुस्तक खरिदमा अनुदान उपलब्ध गराउन रु १२ लाख विनियोजन गरेकी छु ।
  • मोदी गाउँपालिकाको एकमात्र डिमुवा बहुमुखी क्याम्पसको शौचालय तथा फर्निचर लगायतको व्यवस्थापनको लागि रु ११ लाख विनियोजन गरेकी छु ।
  • मोदी गाउँपालिकामा सञ्चालित एकमात्र प्राविधिक धारतर्फको सिविल इन्जिनिइरिङ तर्फ ल्याव लगायतको व्यवस्थापनको लागि नवजागृत माविलाइ रु ९ लाख विनियोजन गरेकी छु ।
  • सिकिस्त घाइते तथा आकष्मिक अवस्थाका बिरामिहरुलाई समयमै उच्च तहका अस्पतालहरुमा प्रेषण गर्ने         कार्यमा सहयोग पुराउन चालु वर्षकै बाँकी रकमबाटएम्बुलेन्स खरिदको लागि रु १३ लाख विनियोजन गरेकी छु
  • चालु वर्षमा स्थापना भएका ल्याव तथा सामुदायिक स्वास्थ्य इकाइको सुदृढिकरणको लागि रकम विनियोजन गरेकी छु ।
  • विपन्न नागरिकलाइ औषधी उपचार तथा यातायातमा सहयोग होस भनी औषधी उपचारको लागि रकम विनियोजन गरेकी छु ।
  • चालु आव देखी सञ्चालन भएको सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरताको लागि रकम विनियोजन गरेकी छु ।
  • गाउँपालिकाका वडाहरुलाई क्रमश बालमैत्री वडा निर्माण गर्दै गाउँपालिकानै बालमैत्री स्थानीय तह निर्माणको लागि बजेट विनियोजन गरेकी छु ।
  • गाउँपालिकाको महिला, दलित , अपाङ्गता भएका व्यक्ति लगायतका लक्षित वर्गको लागि रकम विनियोजन गरेकी छु ।
  • मोदी गाउँपालिकाको शिक्षा, स्वास्थ्य, यूवा महिला तथा बालबालिका सहित सामाजिक विकासको क्षेत्रमा रु ४ करोड ६१ लाख ९० हजार विनियोजन गरेकी छु ।

पूर्वाधार विकास

  • मोदी गाउँपालिकाका विभिन्न आयोजनामा संघीय तथा प्रदेश सरकारसँग साझेदारीको लागि समपुरक कोषमा रु १ करोड विनियोजन गरेकी छु ।
  • मोदी गाउँपालिकामा आकास्मिक रुपमा आइपर्ने आकस्मिक मर्मत सम्भार तथा निर्माणको लागि रु २५ लाख विनियोजन गरेकी छु ।
  • प्रदेश सरकार तथा जिल्ला समन्वय समितिसँगको साझेदारीमा गाउँपालिकाको लिफ्ट सहितको सुविधासम्पन्न भवन निर्माण गर्न गाउँपालिकातर्फबाट रु ९० लाख विनियोजन गरेकी छु ।  त्यस्तै चालु आर्थिक वर्षमा रकम विनियोजन भइ निर्माणाधिन देउपुर वडा कार्यालयलाइ रु १७ लाख र राम्जा वडा कार्यालयलाइ रु २० लाख विनियोजन गरेकी छु ।
  • मोदी गाउँपालिकाका सबै वडा भवन निर्माण तथा मर्मत अन्तरगत भुक वडा कार्यालय मर्मतको लागि रु १० लाख, बाजुङ्ग वडा कार्यालय निर्माणको लागि रु ३० लाख तथा चित्रे वडा कार्यालय निर्माणको लागि रु ३५ लाख विनियोजन गरेकी छु ।
  • गाउँपालिका स्तरीय सडकमा वर्षै भरी यातायात संचालन गर्न सडकको नियमित मर्मत सम्भार स्तरोन्नतीको लागि वडागत योजनामानै समावेश गरि रकम विनियोजन गरेकी छु । दुर्गम गाउँ बस्तीमा पहुँच पुर्याउन झोलुङ्गे पुल निर्माणको लागि बजेट व्यवस्था गरेकी छु ।
  • महेन्द्र शिखरी मावि बाजुङमा संघ सरकारको समपुरक अनुदानमा रु १ करोड २० लाख विनियोजन गरेकी छु । त्यस्ते  केन्द्र तथा प्रदेश सरकारसंगको साझेदारीमा सञ्चालन गरिने योजनाको लागि समपुरक कोषमा रकम व्यवस्था गरेकी छु ।
  • मध्यपहाडी राजमार्ग देखी गाउँपालिकाको मुख्य प्रशासनिक भवन आउने सडक स्तरउन्नतिको लागि रु २५ लाख विनियोजन गरेकी छु ।
  • मोदी ६ गिज्यानमा रहेको सामुदायिक स्वास्थ्य इकाइको भवन निर्माणको लागि रु २० लाख विनियोजन गरेकी छु ।
  • मोदी ८ चित्रेमा खानेपानी व्यवस्थापनको लागि सोप्रे खानेपानी योजनाको लागि संघ सरकारको विशेष अनुदानमा रु ८३ लाख विनियोजन गरेकी छु ।
  • मोदी ७ राम्जामा आयूर्वेद भवन निर्माणको लागि संघ सरकारको ससर्त अनुदान तर्फ रु १ करोड विनियोजन गरेकी छु । त्यस्तै मोदी ७ राम्जामा जेष्ठ नागरिक केन्द्र निर्माणको लागि ससर्त तर्फ रु ३० लाख रकम विनियोजन गरेकी छु ।
  • सुरक्षित आवास कार्यक्रम अन्तर्गत छनौट भएका ८६ घरको लागि रु २२ लाख ससर्त अनुदान तर्फ विनियोजन गरेकी छु ।
  • पूर्वाधार विकासको समग्र क्षेत्रमा गाउँपालिकाको तर्फबाट रु १० करोड ४८ लाख विनियोजन गरेकी छु ।

 

वन तथा वातावरण तथा विपद व्यवस्थापन

  • मोदी गाउँपालिकाकमा वर्षे तथा हिउदे याममा समेत आइपर्ने बाढी पहिरो आगालागि चट्यान लगायतका विपदको पूर्वतयारी, उद्दार ,राहत तथा पुनर्थापना समेतको लागि रु ५० लाख विनियोजन गरेकी छु ।
  • मोदी गाउँपालिका भित्र उत्पादन हुने फोहोरको दीर्घकालिन व्यवस्थापनको लागि सरकारी नीजी साझेदारीमा फोहोर व्यवस्थापनको लागि बजेट विनियोजन गरेकी छु ।
  • नदिजन्य कटान तथा बाढी पहिरोको रोकथाम तथा नियन्त्रणको लागि ग्याविन जाली वितरणको लागि रु ७ लाख विनयोजन गरेकी छु ।
  • मोदी गाउँपालिकामा इन्धनको खपत तथा प्रदुषण नियन्त्रण समेतको लाग धुँवा रहित चुलो वितरणको लागि रकम विनियोजन गरेकी छु ।
  • मोदी गाउँपालिकाको समग्र विपद व्यवस्थापनको क्षेत्रमा रु १ करोड ४१ लाख १० हजार विनियोजन गरेकी छु ।

 

संस्थागत विकास , सेवा प्रवाह तथा सूशासन

  • मोदी गाउँपालिकाको समग्र पक्षको विकासको खाका सहितको ५ वर्षे आवधिक योजना निर्माणको लागि रु १० लाख विनियोजन गरेकी छु ।
  • मोदी गाउँपालिकामा नगर प्रहरीको भर्ना तथा नियुक्ति गरि त्यसको व्यवस्थापनको लागि रु ४ लाख रकम विनियोजन गरेकी छु ।
  • मोदी गाउँपालिकामा सबै माध्यमिक विद्यालयमा स्काउट गठन गर्ने प्रयोजनको लागि बजेट व्यवस्था गरेकी छु ।
  • मोदी गाउँपालिकामा कार्यरत करार कर्मचारीको सेवा पश्चातको भविष्यलाइ सहजीकरण होस भनी कानुन निर्माण गरि व्यवस्थापन गर्ने गरि करार कर्मचारी कल्याण कोष स्थापनाको लागि रु ५ लाख विनियोजन गरेकी छु ।
  • मोदी गाउँपालिकामा कार्यरत सबै कर्मचारीको संघीय सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराउने गरि तलब समायोजन गरेकी छु । पञ्जीकरण विभाग अन्तर्गत एम आइ एस अपरेटर, फिल्ड सहायक त्यस्तै एक गाउँ एक प्राविधिक र सूचना प्रविधि अधिकृत समेतको तलबमा रकम साझेदारीको व्यवस्था गरेकी छु ।संघीय सरकारले उपलब्ध गराउने निजामती कर्मचारीको १० दिनको तलब बराबरको रकम सहितको पर्यटन काजलाइ मोदी गाउँपालिकामा कार्यरत कर्मचारीको लागि समेत उपलब्ध गराउने व्यवस्था मिलाएकी छु ।
  • मोदी गाउँपालिकाको न्यायिक समति व्यवस्थापन, सूचना प्रविधि , डिजिटल नागरिक वडापत्र , कर्मचारी क्षमता विकास तालिम लगायत संस्थागत विकास सेवा प्रवाह तथा सूशासनको लागि रु ६३ लाख ४८ हजार विनियोजन गरेकी छु ।
  • कोरोना भाईरसको कारण चालु आर्थिक वर्षका केही योजना तथा कार्यक्रमहरु सम्पन हुन नसकेकोले त्यस्ता सम्पन्न हुन नसकेका योजनाहरु मध्ये केही महत्वपुर्ण योजना तथा कार्यक्रमहरुलाई सोही शिर्षक र केहि परिवर्तित शिर्षकहरुमा समेत रकम विनियोजन गरी आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिने गरि व्यवस्था मिलाएकी छु । साथै ससर्त लगायत अन्य योजना तथा कार्यक्रमहरु अनुसूचीमा उल्लेख गरेकी छु ।

सभाका अध्यक्षज्यू

  • अब म माथिका क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यन्वयनका लागि बजेट विनियोजन र श्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
  • आगामी आर्थीक वर्षका नीति तथा कार्यक्रमहरु कार्यन्वयन गर्न रु ७२ करोड १८ लाख ६४ हजार विनियोजन गरेकी छु । कुल विनियोजन मध्ये चालूखर्च तर्फ रु  ४४ करोड ९३ लाख ६४ हजार  अर्थात ६२.२६ प्रतिशत र पुँजीगततर्फ रु २७ करोड २५ लाख  अर्थात ३७. ७४प्रतिशत रहेको छ ।
  • आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्व १ करोड ६५ लाख, विद्युत रोयल्टी १ करोड ३५ लाख, बन रोयल्टी १२ हजार, राजश्व बाँडफाँड केन्द्र सरकारबाट ७ करोड १९ लाख ८६ हजार, राजश्व बाँडफाँड प्रदेश सरकार ५६ लाख ८६ हजार, वित्तिय समानीकरण केन्द्र सरकार ९ करोड ९२ लाख, वित्तिय समानीकरण प्रदेश सरकार १ करोड १० लाख ८० हजार, ससर्त अनुदान केन्द्र सरकार २८ करोड ७४ लाख, समपुरक अनुदान प्रदेश सरकार ४० लाख, समपुरक अनुदान केन्द्र सरकार १ करोड २० लाख, विशेष अनुदान केन्द्र १ करोड पच्चीस लाख ,ससर्त अनुदान प्रदेश सरकार ६० लाख, सामाजिक सुरक्षामा प्राप्त १३ करोड व्यहोर्दा रु ५ करोड विस लाखन्यून हुनेछ । सो न्यून पूर्ति गर्न चालु आर्थिक वर्षमा खर्च नभई रहने रु ५ करोड विस लाख बाट व्यहोरीनेछ ।
  • अन्त्यमा, यो बजेट निर्माण कार्यमा संलग्न रही सहयोग पुर्याउनु हुने सम्पूर्ण जन–प्रतिनीधिज्यूहरु, कर्मचारी मित्रहरु, नागरिक समाज, वौद्धिक वर्गका साथै समग्र मोदी गाउँवासीहरु प्रति हार्दिक आभार प्रकट गर्दै यो वजेटको सफल कार्यान्वयनमा सवै पक्षको पूर्ण सहयोग रहने अपेक्षा गरेकी छु ।

 

धन्यवाद ।

सेती महत

उपाध्यक्ष

                               मोदी गाउँपालिका

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!