पर्वतको बाच्छामा आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या, अभियुक्त श्रीमान पक्राउ - News site from Nepal

पर्वत– पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नं. १ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् ।
बाच्छाको क्यूडाँडा बस्ने लालबहादूर सार्कीले आफनै श्रीमती ३६ वर्षिया तारा नेपालीको हत्या गरेका हुन् । सार्किले असार ४ गते मादक पदार्थ सेवन गरी गम्भिर घाईते हुने गरी कोदालोले कुटपिट गरेका थिए । गम्भीर घाईते भएकी नेपालीको सोमवार दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
श्रीमतीको कुटपिटवाट मृत्यु भएको सुचनाको आधारमा प्रहरी कार्यालयवाट प्रहरी निरिक्षक राजेन्द्र अधिकारी नेतृत्वमा गएको टोलीले अभियुक्त सार्कीलाई पक्राउ गरेको छ । अभियुक्त सार्कीको बिरुद्धमा ज्यान सम्बन्धी कसूरमा मृतकका भाई जित बहादुर नेपालीले किटानी जाहेरी दरखास्त दिएका छन् ।
सार्किलाई बुधवार पर्बत जिल्ला अदालतबाट पहिलो पटक दिन सात दिनको म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको पनि अधिकारीले जानकारी दिए ।
मृतक नेपालीका ५ जना छोराछोरी रहेका छन् । २ वटा छोरी तीनवटा छोरा रहेको प्रहरीले जनाएको छ । आमाको हत्या र बाबु पक्राउ परेपछि साना बालबालिकाहरुको बिचल्लि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!