पर्वतको फलेवास नगरपालिकामा यस्ता छन् जनप्रतिनिधि चुनिएपछि प्राप्त ३३ उपलब्धि - News site from Nepal

पर्वत – स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको झण्डै चार वर्ष पुग्न थालेको छ ।
जनप्रतिनिधिहरुको कार्यवधि सकिँदै गर्दा विभिन्न स्थानीय तहमका प्रमुखहरुले आफ्नो कार्यकालमा भएका उपलव्धिहरु सार्वजनिक गर्न थालेका छन् । पर्वतको महाशिला गाउँपालिकाले अहिलेसम्म गरेका कामको स्वेतपत्र जारी गर्ने भएको छ । जनप्रतिनिधि निर्वाचित भएपछि गरिएका काम र गर्नुपर्ने बाँकी काम समेटेर स्वेतपत्र जारी गर्न थालिएको हो ।
जिल्लाकै फलेवास नगरपालिकाले झण्डै चार वर्षको अवधिमा प्राप्त गरेका उपलब्धिहरुलाई सार्वजनिक गरेको छ । अहिलेसम्म नगरपालिकाले अगाडी सारेका र शुरुवात गरेका योजनाहरुमा ३३ वटा उपलब्धिलाई महत्वपुणर् मानेको छ ।
फलेवासले शुरुवातमा सडक मापदण्ड निर्धारण र कार्यान्वयन, सेन्टर चक्रपथ, भित्री चक्रपथ र वाहिरी चक्रपथ निर्माण सम्पन्न गरेको छ भने मुख्य वस्तीको ५ मिनेटको दुरीमा सडक सञ्जालिकरण विस्तार भएको जनाएको छ ।
त्यसैगरी बहुचर्चित कालीगण्डकी जलासययुक्त परियोजनाको अवधारणा फलेवास आफैले अघि सारेको दावी गरेको छ । यो अहिले राष्ट्रिय योजनामा समावेश भई सम्भाव्यता अध्ययनको क्रममा रहेको छ । त्यसैगरी नगरपालिकाले नागरिकहरुको जीवनस्तर उकास्नका लागि विरुवा हाम्रो फल तपाईको कार्यक्रम, टनेल हाम्रो उत्पादन तपाईको कार्यक्रम, जेष्ठ नागरिकसँग नगरपालिका कार्यक्रम संचालनमा ल्याएको छ । यो खवर आजको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशन भएको छ ।
त्यसैगरी अन्यत्र रिफर गर्नु पर्ने प्रसुती तथा गर्भवतीलाई निशुल्क एम्वुलेन्स सेवा, क्लिन फलेवास ग्रिन फलेवास अभियान, श्रमिक पेन्सन योजना तथा श्रमिक कल्याणकारी कोष समेत प्रभावकारी रुपमा अघि बढाईएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । फलेवासले पर्यटनको क्षेत्रमा पनि कामहरु अघि बढाएको छ । डहरे देउरालीमा ओपनजू र मनमोहन शान्तिवाटिका निर्माणमा जुटेको छ भने विभन्नि गाउँमा होम स्टे प्रवद्र्धन र पदमार्ग निर्माणका काम भैरहेका छन् । यो खवर आजको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशन भएको छ ।
फलेवासमा नगर अस्पताल शुभारम्भ भैसकेको छ भने औधोगिक क्षेत्र, रंगशाला, सिटिहल, प्रमुख प्रशासकीय भवन निर्माणका लागि निःशुल्क जग्गा प्राप्तिको काम पनि सकिएको नगरपालिकाको उपलव्धिका रुपमा राखिएको छ । त्यसैगरी जेष्ठनागरिक दिवासेवा केन्द्र पूर्वाधार निर्माण, एक वार्ड एक घरेलु औजार उद्योग स्थापनालाई पनि नगरले जोड दिएको छ । एक वार्ड एक महिला उद्योग, एक वार्ड एक कृषि फार्म, वृहत कृषि फार्म, वहुवर्षे नर्सरी प्रवद्र्धन, एक वार्ड एक पशु फार्म जस्ता कार्यक्रम समेत प्रभावकारी बनेको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो ।


शिक्षाको क्षेत्रमा कक्षा ३ सम्म अँग्रेजी माध्यम र प्रविधिमैत्री शिक्षा प्रवद्र्धन गरिएको तथा विद्यार्थीका लागि दिवा खाजा र विद्यालयहरुको लागि वस सेवा कार्यक्रम तथा छात्राहरुलाई स्यानिटरी प्याडको व्यवस्था तथा नमुना विद्यालय कार्यक्रम शुरु गरिएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । नगरभित्रको विद्युतको समस्याको रुपमा रहेका काठेपोललाई फलाम तथा स्टिल पोलमा रुपान्तरण गरिसकिएको, एकिकृत वस्ती विकासको योजना अघि सारिएको उहाँले बताउनुभयो ।
वडा कार्यालयमा सहज रुपमा राजश्व संकलनको व्यवस्था मिलाईएको, र वाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिन व्यवस्था समेत गत आर्थिक वर्षवाट शुरुवात गरिएको छ । त्यसैगरी प्रतिफलमा आधारित अनुदान वितरण गर्न थालिएको छ । जसमा दुध, वाख्रा, स्थानीय जातका कुखुरा पालनमा प्रोत्साहन स्वरुप कृषकलाई अनुदान दिन थालिएको छ । शुन्य कालोपत्रे भएको नगरपालिकामा सडक कालोपत्रे, स्तरउन्नती, सडक पूल, झोलुंगे पुल निर्माणलाई समेत नगरले जोड दिएको छ भने संसदीय मोडलमा नगर सभा संञ्चालन र निणर्य कार्यान्वयन गर्दै आइरहेको नगरप्रमुख शर्माको उपलव्धिका रुपमा हेरिएको छ ।
फलेवास नगरपालिकालाई देश कै नमुना नगरपालिकाको रुपमा परिचित गराउन सफल भएको शर्माले बताउनुभयो । जनप्रतिनिधि निर्वाचित भएपछि ४६ वटा ऐन कानून निर्माण र कार्यान्वयन गरिएको छ । त्यसैगरी वडा कार्यालय, स्वास्थ्य चौकी भवन, विद्यालय भवन तथा भौतिक संरचनाहरु दु्रतगतिमा निर्माण गरिएको छ ।
युवा रोजगार तथा खेल पूर्वाधार निर्माण भैरहेको समेत नगरपालिकाले जनाएको छ । नगरपालिकाले अर्को उपलव्धिमा एक घर एक धारा मार्फत खानेपानी योजना वितरणलाई तिब्रता दिईएको र सिंचाईको क्षेत्रमा साना तथा मझौला सिंचाई मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्नमा जोड दिईएको नगरप्रमुख शर्माले बताउनुभयो ।
जनप्रतिनिधि निर्वाचित भएपछि समग्रमा हालसम्मको अवधि उपलव्धिमुलक बनेको नगर उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!