नेपाल मानवअधिकार संगठन गण्डकी प्रदेशको घोषण पत्र जारी, अधिकार संरक्षणको हकमा लड्ने उद्घोष - News site from Nepal

 पर्वत – नेपाल मानवअधिकार संगठनको गण्डकी प्रदेश स्तरिय परिषद बैठक तथा प्रशिक्षण समरोहले घोषण पत्र जारी गर्दै कार्यक्रम समपन्न भएको छ ।
घोषण पत्र जारी गर्दै नेपालको संविधान एवंम संघियता धर्मनिरीपक्षेता र गणतन्त्रको पूर्ण संरक्षण गर्ने प्रतिबद्धता गरेको छ । वर्तमान संसद विघटनमा बैचारीक माध्यम अपनाउँदै संसद पुर्नस्थापनको अपेक्षा राख्दै सर्वच्च अदालतको निर्णय सर्वपरी हुने निर्णयमा सहमत जनाउने निर्णय गरेको छ । सस्त्रद्धन्दमा भएका मानवअधिकार उल्लङगन तथा अन्यायमा परेकारुलाई मेलमीलाप नितीको माध्यम माफर्त परिवर्तनको माग गर्दै नेपाल सरकार समक्ष माग गर्ने जनाएको छ ।
यस्तै राज्यकातर्फबाट भएका मानवअधिकार उलघंन एवम अधिकार संरक्षणको हकमा भएका अर्कमणयताको घोर भर्तसना गर्ने निर्णय गरेको छ । र नेपाल मानव अधिकारको आन्तरिक सुद्धरिकरण,रक्षाको सवलीकरण एवंम बिस्तारका लागी परिषद बैठकले निर्णयक कदम चलाउने प्रतिवद्धता सहित हस्ताक्षर गरेको छ ।
यसैविच कार्यक्रममा गण्डकी प्रदेशका सबै ११ जिल्लाका प्रतिनिधीहरु सहभागी हुनुभएको थियो । मानवअधिकारकर्मीहरुको दायित्व र पछिल्लो समय मानवअधिकारमा देखिएका चुनौतीका विषयमा प्रशिक्षण साथै वक्ताहरुले धारणा व्यक्त गर्नुभएको नेपाल मानवअधिकार संगठन पर्वतका उपाध्यक्ष जगत सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटनको अवसरमा बोल्दै नेपाल मानवअधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्यले बर्तमान सरकारले पाईला पाईलामा मानवअधिकारको हनन गरेको बताउनुभयो । आचार्यले मानवअधिकारको न्यूनतम सर्त समेत पालना गर्न हिच्किचाउँदै आएको सरकारले पछिल्लो समय प्रतिनिधी सभा विघटन गरेर आफ्नो चरित्र थप उदांगो बनाएको दाबी गर्नुभयो । अध्यक्ष आचार्यले नागरिक सर्बोच्चता र संसदीय सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रधानमन्त्री केपी शर्मा ओली नै अग्रसर हुन दुखद पक्ष रहेको चर्चा गर्नुभएको थियो । प्रेश, मानवअधिकारबादी, न्यायधिश तथा आम सर्वसाधारणहरुको बोली बन्द गर्न सरकारले विभिन्न खाले अध्यादेश ल्याएको र ति अध्यादेश बाट पनि नपुगेर संसद नै भंग गरेकोमा उहाँले आपत्ती जनाउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले प्रधानमन्त्री केपी शर्मा ओली बाट निरकुँशताको खतरा बढेको बताउनुभयो । जोशीले संसद भंग गर्ने र घोषित चुनाव पनि नगर्ने षडयन्त्रमा ओली लागिरहेकाले अर्को संकट आउने संकेत गर्नुभएको हो । मानवधिकारको रक्षाका निम्तिी अधिकारकर्मीहरुलाई जागरुक भएर लाग्न जोशीले अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व पार्टि सभापति नवराज गुरुङ, महासमिति सदस्य बसन्तबहादुर सिके, जिल्ला सदस्य कुलप्रसाद उपाध्या, मानवअधिकार आयोगका अधिकृत खिमलाल पौडेल, मानवअधिकार संगठनका केन्द्रीय सदस्य हरिनारायण रेग्मी, तनहुँ शाखाका सभापति कल्पना खनाल लगायतले बोल्नुभएको थियो ।
नेपाल मानवअधिकार संगठन गण्डकी प्रदेशका अध्यक्ष नरेन्द्र बास्तोलाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मानवअधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव रुद्र पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!