लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतको पाखापानीकी क्यान्सर पिडित संगिता शर्माको उपचारका लागि देश विदेशबाट रकम संकलन - News site from Nepal

पर्वत – पर्वतको महाशिला गाउँपालिका–४ सिम्लेकी संगिता शर्मा स्तन क्यान्सरले थलिएको पनि पाँच महिना पुग्यो । समयमै उपचार गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि आर्थिक अभावले उनलाई थप पिडा दियो ।
उनि अहिले जीवन र मरणको दोसाँधमा छिन् । संगिताले जसोतसो जम्मा भएको रकमले स्वदेशमै उपचार गरिन् । तर रोग निको भएन् । अहिले उनी थप उपचारका लागि भारतस्थित ग्वाटी मिडल्याण्ड अस्पतालमा भर्ना भएकी छिन् । उनलाई उपचारका लागि धेरै रकमको आवश्यकता परेको छ । तर उनि आर्थिक हिसावले निकै कमजोर छिन् ।
अस्पतालकै शैंयाबाट सबै नेपाली समुदायसँग जीवन जोगााइदिन भन्दै उनले अनुरोध गरेकी छिन् । ‘म अहिले उपचारका लागि भारतको अस्पतालमा भर्ना भएको छु ।’ उनले भनिन्, ‘म बाँच्न चाहन्छु, सबैको साथ सहयोगबाट क्यान्सरलाई जितेर स्वदेश फर्किनेमा आशावादी छु ।’
विद्या बनिन् संगिताको भगवान, ‘संगिता बचाऔं’ अभियानबाट चार लाख संकलन
अस्पतालको शैंयामा बाँच्ने आशमा बसेकी संगितालाई बचाउन भन्दै सुरु गरिएको अभियानबाट अहिलेसम्म चार लाख आठ हजार ५१३ रुपैंयाँ संकलन भएको छ । नारी समाज पोर्चुगलकी कार्यवाहक अध्यक्ष समेत रहेकी विद्या आचार्यले ‘संगिता बचाऔं’ अभियान चलाएपछि यतिका रकम संकलन भएको हो । उनले स्वदेश तथा विदेशमा रहेका पर्वत र अन्य जिल्लाका सहयोगी मनहरुबाट रकम संकलन गरेको बताएकी छिन् । उनले संगिताको उपचारका लागि रकम सहयोग गरेको भन्दै सहयोगी मनप्रति धन्यवाद ज्ञापन गरेकी छिन् ।
‘महामारीका बेला पनि धेरैले आफ्नो गास कटाएर क्यान्सरपीडित संगिताको जीवन बचाउन सहयोग गर्नुभएको छ ।’ उनले भनिन्, ‘संगिताको उपचारमा थप राहत मिलेको छ । आशा छ उनले क्यान्सर जित्ने छिन् ।’ उनका अनुसार संगितालाई बचाउनका लागि पोर्चुगल, युके, जापान, क्यानाडा, फ्रान्स लगायतका धेरै मुलुकबाट सहयोग प्राप्त भएको छ ।
जापानमा रकम संकलनका लागि केशव अधिकारी र शिला मल्लले सहयोग गरेको अभियानकी अभियन्ता आचार्य बताउँछिन् । संकलित रकम बिहीबार नै पीडितसमक्ष पठाइसकिएको उनले जानकारी दिइन् ।
क्यान्सरले परिवारलाई रित्तो बनायो, बाबु र दुई बहिनीको पनि मृत्यु
संगिताको परिवारले क्यान्सरकै कारण बाबु र दुई बहिनीलाई यसअघि नै गुमाइसकेको छ । उनिहरुको परिवारका लागि क्यान्सर राक्षस नै सावित भएको छ । क्यान्सरबाट बाबु अनि स्तन क्यान्सरबाट दुई बहिनीको निधनको झ–झल्को संगितालाई छ । रकम अभावकै कारण उनिहरुलाई बचाउन नसकिएको उनको भनाई छ । त्यसैले पनि आफुले रोगलाई जितेर घर फर्किनुपर्ने बाध्यतामा उनि छिन् ।
‘क्यान्सरले मलाई मात्रै होइन्, परिवारका अन्य तीन सदस्यको ज्यान लिइसक्यो ।’ संगिता भन्छिन्, ‘मलाई सबैले बचाइदिन आग्रह गर्दछु, म बाँच्न चाहन्छु ।’ राज्यले स्वास्थ्य क्षेत्रमा मोटो रकम विनियोजन गरेपनि गाउँका सोझा सिधा नागरिकले भने अकालमा ज्यान फाल्नुपर्ने बाध्यता छ । पहुँच हुनेहरुले मात्रै राज्यको सेवा सुविधा लिइरहेका छन् ।
तर सामान्य स्वास्थ्य सेवासम्मको पहुँच नभएकाहरु बर्षौंसम्म रोग लिएर बस्न बाध्य छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!