काँग्रेस नेता जोशीको पहलमा पर्वत समाज अमेरीकाद्धारा पर्वत अस्पताललाई साढे तीन लाखका स्वास्थ्य सामाग्री सहयोग - News site from Nepal

पर्वत- पर्वत समाज अमेरिकाले पर्वत अस्पतालमा ३ लाख ४५ हजार मुल्य बराबरका सामाग्री सहयोग गरेको छ । कोरोना संक्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन कन्सनटेटर २ वटा र एउटा ईसिजी मेशिन हस्तारन्तरण गरिएको हो ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । सामाग्री हस्तान्तरण गर्दै जोशीले कोरोना भाईरस संक्रमणमा स्वदेश लाई सम्झेर सहयोग गर्ने संस्थाका प्रतिनिधीहरुलाई धन्यबाद दिनुभयो । उहाँले सामूहीक प्रयास र हातेमालोले कोरोना नियन्त्रणमा सहयोग पुग्ने भएकाले अन्य संस्था र व्याक्तिले पनि सहयोग लाई निरन्तरता दिन अनुरोध गर्नुभयो । आँफु पार्टीको पूर्व बिदेश विभाग प्रमुख भएको हुनाले धेरै जसो देशमा रहेका संघसंस्था संग सहयोग आदानप्रदान गर्न समन्वय गर्दै आएको जोशीले बताउनुभयो ।
बिदेशमा रहेका नेपालीहरु स्वदेशमा पर्ने हरेक दुखसुखमा खुलेर सहयोग गर्ने गरेको बताउँदै जोशीले विपतमा गरिने यस्ता सहयोग संधै स्मरणिय हुने उल्लेख गर्नुभयो ।
पर्वत समाज अमेरिका संस्थापक महासचिव संजिव श्रेष्ठको उपस्थितीमा ति सामाग्री अस्पताललाई वितरण गरिएको छ । कोरोना भाईरसको संक्रमितलाई अस्पतालमा आउँदा उपचारमा सहज होस भनी समाजले सामाग्री सहयोग गरेको श्रेष्ठले बताउनुभयो ।
यता पर्वत समाज अमेरिकाले कुश्मा नगरपलिका वाड न १ स्थित नुवारमा आगो लागेर घरगोठ जलेका पीडित परिवारलाई पनि राहात रकम वितरण गरेको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आगलागी पीडित सन्तोष उपाध्याय लाई नगद हस्तान्तरण गर्नुभयो । उपाध्याय लाई एक लाख दस हजार रुपैयाँ जोशीले हस्तान्तरण गर्नुभएको हो । गतवर्षको पुषमा घरगोठ जल्दा उपाध्यायको परिवारमा लाखौँको क्षती भएको थियो ।
क्षतीको खबर पाएका प्रवासीहरुले सहयोग गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै नगरप्रमुख जोशीले विपदमा प्रवासी नेपालीहरुले देखाएको उदारता प्रसंसायोग्य रहेको बताउनुभयो । पीडित परिवार र कुश्मा नगरपालिकाको तर्फबाट सहयोगदातालाई नगरप्रमुख जोशीले धन्यवाद ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!