पर्वतको जलजलाको आगामी वर्षको बजेट ४५ करोड, १५ लाख, बजेट, नीति तथा कार्यक्रम पारित (बजेटको पुर्ण पाठ सहित) - News site from Nepal

पर्वत- जलजला गाउँपालिकाको दशौं गाउँसभा बुधवार सम्पन्न भएको छ । सभाले आगामी आर्थिक वर्ष ७८/७९का लागि वार्षिक निति तथा कार्याक्रम र बजेट सावजनिक गरेको छ ।
जलजलाको आगामी आर्थिक वर्षको बजेट रु.४५ करोड, १५ लाख ५० हजार रुपैया रहेको छ । उक्त बजेट, नीति तथा कार्यक्रम गाउँसभाले पारित गरेको हो ।
बजेट मध्ये चालुतर्फ आठ करोड र पुँजीगत तर्फ रु १५ करोड २३ लाख ५० हजार रुपैया र संघीय सरकारवाट प्राप्त शसर्त अनुदान रु २१ करोड ९२ लाख रुपैया बिनीयोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
गाउँसभामा अध्यक्ष यामबहादुर मल्लले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सिमा गर्बुजा पुनले बजेट प्रस्तुत गरेका थिए । जलजलाले कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई विशेष जोड दिएको छ भने बजेटको ठुलो हिस्सा पूर्वाधार र कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनलाई प्राथमिकता दिईएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए ।
जलजलाले चालु आर्थिक वर्षका कार्यक्रमलाई पनि आगामी वर्ष निरन्तरता दिने जनाएको छ । कुश्मा नगरपालिकाले बिहीवार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । कुश्माले आज बजेट उपर दफावार छलफल गरि तयारी पुरा गरेको छ । उता महाशिला, मोदी, विहादी गाउँपालिका र पैयुँ गाउँपालिकाले भोली नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेका छन् ।

 

आदरणीय सभाध्यक्ष ज्यू,

गाउँसभाका सदस्यहरु,

उपस्थित सम्पूणर् अतिथिगण,कर्मचारीहरु तथा सम्पुणर् महानुभावहरु

 

  1. कोभिड-१९ नामको कोरोना भाइरसवाट सिर्जित विश्वव्यापी महामारीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थिति र बन्दावन्दी बीच आज नेपालको संविधान वमोजिम गठित स्थानीय सरकारको तर्फबाट आर्थिक वर्ष २०७८/७९ को वजेट यस सम्मानित सभा समक्ष पेश गर्दछु ।

 

  1. सर्वप्रथम, संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो युगतर्फ पुर्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्णमहान शहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।यस क्षणमा वेपत्ता तथा घाइते योद्धाहरु र उहाँहरुको परिवारजन लगायत आम जनसमुदायमा उहाँहरुको अभूतपूर्व योगदान प्रति हार्दिक सम्मान प्रकट गर्दै नमन गर्न चाहन्छु ।
  2. कोभिड-१९ का कारण विश्वभर संकट पैदा हुनुका साथै उल्लेख्य रुपमा जनधनको क्षति भएको छ । यस महामारीका कारण स्वदेश तथा विदेशमा जीवन गुमाउनुहुने नेपालीलगायत विश्वभरका नागरिकहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु । यस जलजला गाउँपालिका लगायत नेपालभर र विदेशमा समेत उपचाररत दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

 

  1. संघ,प्रदेश र स्थानीय तहवीचकोसहकारिता, सहअस्तित्व र समन्वय लाई प्रवर्द्धन गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गरी सिंहदरवार गाउँमै आएको अनुभूति जनतालाई दिनुपर्ने अवसर,दायित्व र चुनौती हामी माझ छ ।

 

  1. आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले यो वर्ष सम्म हाँसिल भएका उपलव्धिहरु संस्थागत गर्दै जनप्रतिनिधमूलक लोकतान्त्रिक पद्धतिबाट नेपाली नागरिकले खोजेको सेवा, चाहेको विकास र परिकल्पना गरेको समतामूलक समाजको निर्माण गर्ने प्रणालीबाट निर्देशित हुँदै समृद्ध गाउँपालिकाको रुपमा स्थापित गर्न यो बजेट केन्द्रित गरेको छु ।
  2. बजेट तर्जुमा गर्दा मैले मूलत: नेपालको संविधान रकानूनहरु, नेपाल सरकार तथा प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट वक्तव्य, विविध कानुनहरु, प्रस्तावित पञ्चवर्षीय आवधिय योजना, गाउँकार्यपालिकाका निर्णयहरु तथा दीगो विकास लक्ष्यलाई मुख्य आधार बनाएको छु ।साथै, विभिन्न क्षेत्रका सरोकारवालाबाट प्राप्त हुन आएका महत्वपूर्ण सुझावलाई समेत बजेट निर्माण गर्दा विशेष ध्यान दिएकोछु ।

 

  1. स्थानीय सरकारको आन्तरिक स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित अनुदान तथा राजस्व बाँडफाँडलाई मुल आधार मानी यो बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु । साथै,यस बजेटमा गाउँपालिकाको आफ्नो क्षेत्राधिकारभित्र कर तथा गैर कर राजस्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखेको छु ।

 

  1. अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पुँजीगत बजेटको अंश बढाउने र चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरेकोछु । साथै कार्यक्रमको छनौट, साधन स्रोतको बाँडफाँड र विनियोजनमा देखिने दोहोरोपनलाई न्यूनीकरण गर्न प्रशासनिक तथा प्राविधिक क्षमता,स्रोत तथा विनियोजनका वीचमा सन्तुलन कायम हुने गरी स्रोत व्यवस्थापन गर्ने व्यवस्था मिलाएकोछु ।

 

सभाका अध्यक्षज्यू,

सभाका सदस्यज्यूहरु,

  1. अव म आगामी आर्थिक वर्ष २०७८/७९ को वजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।बजेटका उद्देश्यहरु निम्न अनुसार रहेका छन् ।
  2. कोरोना भाइरस सिर्जीत अवस्थाको प्रभावकारी व्यवस्थापन गर्नु,
  3. सामाजिक सुरक्षा तथा संरक्षणका माध्यमबाट विकासमा पछाडी परेका वर्गलाइ मुलधारमा समेटनु ।

 

  1. जनसहभागिता,उत्तरदायित्व,पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु,

 

  1. आधुनिक प्रविधिको प्रयोग गर्दै सर्वसुलभ रुपमा सेवा उपभोग गर्न सकिने वातावरण तयार गर्नु ।
  2. लोकतन्त्रका लाभहरुको समानुपातिक समावेशी र न्यायोचित वितरण गर्नु,
  3. कानुनी राज्य र दिगो विकासको अवधारणाअनुरुप समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्नु,
  4. स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गर्नु,
  5. स्थानीय तहमा विधायिकी,कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्नु ।

 

  1. आगामी आर्थिक वर्षको बजेटमा देहायका क्षेत्रमा लगानीलाई उच्च प्राथमिकता दिएको छु ।
  2. सडक तथा पुल, सिंचाई, भवन तथा शहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत , सञ्चार क्षेत्रको विकास मार्फत पूर्वाधार विकास गर्ने,
  3. समाजिक संरक्षण गर्नुपर्ने वर्गका मजदुरहरुलाइ संरक्षण गर्ने,
  4. कृषि,पर्यटन,उद्योग तथा वाणिज्य,सहकारी,वित्तीय क्षेत्रको विकास मार्फत आर्थिक विकास गर्ने,
  5. शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, सँस्कृति प्रवर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण को विकास मार्फत सामाजिक विकास गर्ने,
  6. वन, वातावरण तथा विपद् व्यवस्थापन गर्ने,
  7. शासकीय सक्षमताको विकास गरी सुशासन र सदाचार प्रवर्द्धन गर्ने ।

 

सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

अव म चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्मको आय व्ययको यथार्थ स्थिति प्रस्तुत गर्न चाहन्छु ।

  1. चालु आर्थिक वर्षमा रु आन्तरिक राजस्व परिचालन हुने अनुमान रहेकोमा हाल सम्म त्यसैगरी चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान बापत रु ९,४२,००,०००/- र संघीय राजस्व वाँडफाँडबाट रु ४,६२,०६,५४३/- आय प्राप्त भएको छ । राजश्व वाँडफाड तर्फ लक्ष्य अनुरुप बजेट प्राप्त हुने सम्भावना कम रहेको छ । त्यस्तै प्रदेश तर्फ वित्तिय समानीकरण अनुदानवापत रु९०,६६,७५०/- प्राप्त भएको छ । प्रदेश राजस्व बाँडफाँड वापत रु ३०,५८,७२०/- प्राप्त भएको छ ।
  2. चालु आर्थिक वर्षको नेपाल सरकार सशर्त अनुदान वापत रु १८,२२,४४,२२२/- प्रदेश तर्फ शसर्त अनुदानमा मा रु २५,००,०००/- प्राप्त भएको छ साथै समपुरक अनुदानमा समेत रु २५,००,०००/- रुपैया प्राप्त भएको छ। आन्तरीक आय तर्फ २०७८ जेष्ठ मसान्त सम्म रु २,९६,४६,७०८/- रुपैया प्राप्त भएको छ ।जेठ मसान्त सम्म आन्तरिक आयतर्फ ९० प्रतिशत भन्दा वढी असुली भैसकेको छ ।
  3. त्यस्तै सामाजिक सुरक्षा भत्ता तर्फ अख्तियारी रु ६,७४,८१,०००/- मध्य दोस्रो चौमासिक सम्म रु ४,३०,९५,६०७ /- निकासा भैसकेकको छ ।

 

  1. अनुदान तथा राजस्व बाँडफाँडका अतिरिक्त, प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ रु९८,६८,०००/-प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कार्यक्रम तर्फ रु २ लाख ७९ हजार दुई सय तिस रुपैंया र गरिव सँग विश्वेश्वर कार्यक्रम तर्फ रु ५,४६,०००/-  सिधै अख्तियारी प्राप्त भएको छ ।साथै स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रमका लागी रु ४७,००,०००/- यस्ता कार्यक्रमको लागि प्राप्त भएको रकमको प्रतिवेदन सिधै नेपाल सरकारमा पठाउने गरी अख्तियारी प्राप्त भएकाले स्थानीय सरकारको बजेट प्रणालीमा समावेश गरिएको छैन ।

 

  1. उल्लेखीत तथ्याड्डकका आधारमा चालु आर्थिक वर्षको मिति २०७८ जेठ असान्त सम्मको कुल वित्तिय तथा भौतीक प्रगती सन्तोषजनक रहेको छ ।

 

 

सभाध्यक्ष महोदय,

अव म आगामीआर्थिक वर्ष २०७८।७९ आय तथा व्यय प्रक्षेपणको विवरण पेश गर्न चाहन्छु ।

 

नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारद्धारा आर्थिक वर्ष २०७८/७९ मा यस गाउँपालिकाको लागी उपलव्ध अनुदानको जम्मा हिस्सा देहाएवमोजिम रहने अनुमान गरिएको छ ।

 

  • वित्तिय समानिकरण अनुदान अन्तर्गत संघ सरकारवाट रु १०,०२,०००००(दश करोड दुइ लाख ) र प्रदेश सरकारवाट रु १,१२,०४,००० (एक करोड वाह्र लाख चार हजार) प्राप्त भएको छ ।
  • राजश्व वाडफाँड अन्तर्गत संघ सरकारवाट रु ६,६०,०८,०००। (छ करोड साठी लाख आठ हजार रुपैयाँ ) र प्रदेश सरकारवाट रु ४६,७५,००० (छ्यालिस लाख पचहत्तर हजार रुपैया मात्र ।
  • सशर्त अनुदानको रुपमा संघ सरकारवाट रु २१,९२,००,०००(एक्काइस करोड वयानव्वे लाख प्राप्त भएको छ ।
  • समपुरक अनुदान / शसर्त अनुदान अन्तर्गत गण्डकी प्रदेश सरकारवाट रु १००००००० ।(एक करोड रुपैयाँ) प्राप्त हुनेछ ।
  • गाउँपालिकाले लगाउने कर, शुल्क, दस्तुर, ढुँगा गिटी वालुवा विक्रि एवम् अल्या समेत बाट आगामी आ.व. २०७८/७९ मा कुल ४,०२,६३,०००/-(चार करोड दुइ लाख त्रिसट्ठीहजार रुपैयाँ ) राजश्व प्राप्त हुने अनुमान गरिएको छ ।

 

 

उल्लिखित नेपाल सरकार एवं प्रदेश सरकारवाट प्राप्त हुने विभिन्न अनुदान, राजश्व वाँडफाँड, र सम्भावित राजश्व एवं अ ल्या. समेतका आधारमा यस वर्षको कुल बजेटको आकार रु ४५,१५,५०,०००।– (पैचालीस करोड पन्ध्र लाख पचास हजार रुपैया ) को हुने अनुमान गरिएको छ ।

सभाध्यक्ष महोदय,

अव म आगामी आर्थिक वर्षको २०७८/७९ व्ययको अनुमान प्र्रस्तुत गर्न चाहन्छु,

आगामी आर्थिक वर्षमा चालुतर्फ जम्मा रु ८,००,००,०००।(आठ करोड)  विनियोजन गरेको छु ।

त्यसैगरी आगामी आर्थिक वर्षलाई पुजीगत तर्फ विनियोजन रु १५,२३,५०,०००।– (पन्ध्र करोड तेइसलाख पचास हजार रुपैया )। जसको कार्यान्वयनबाट गाउँपालिकामा आइपर्ने विपद् जोखीमको ब्यवस्थापन गर्दै बर्तमान आर्थिक, सामाजिक एवं पूर्वाधार लगायतका क्षेत्रको रुपान्तरणको माध्यमवाट विकास र समृद्धी हासिल गर्ने हामी सवैको साझा लक्ष्य पुरा गर्न बलियो आधार खडा हुने अपेक्षा गरिएको छ ।त्यस्तै संघिय सरकारवाट प्राप्त शसर्त अनुदान रु  २१,९२,००,०००।– (एक्काइस करोड वयानव्वे लाख रुपैया )  खर्च हुनेछ ।

 

अव म वडागत तथा कार्यक्रम अनुसारको विस्तृत विवरण अन्तर्गत अव म योजनाहरुको नाम, कार्यान्वयन हुने स्थान र विनियोजित रकम उल्लेख गर्न चाहन्छु ।

 

व्ययअनुमान
आ.व.२०७८/७९ (चालु)
शीर्षक आ.व.२०७७/७८ को संसोधीत अनुमान आ.व.२०७८/७९ को अनुमान अक्षरुपी
चालु खर्च      
पारिश्रमिककर्मचारी १६०००००० १८०००००० एक करोडअसी लाख
पदाधिकारी सुविधा आ व ७६।७७ को वाँकी( प्रदेशकानुन अनुसार ) ६५००००० पैसठ्ठीलाख
पोसाक ६००००० ६५०००० छ लाख पचासहजार
औषधी उपचारखर्च १०००००
स्थानीयभत्ता ३५०००० ३५०००० तिन लाखपचास हजार
महंगीभत्ता ७००००० ७००००० सात लाख
कर्मचारीकोबैठक भत्ता ७००००० ७००००० सात लाख
पदाधिकारीवैठक भत्ता ८००००० ८००००० आठ लाख
कर्मचारीप्रोत्साहन तथा पुरस्कार ५०००० १००००० एक लाख
१० अन्य भत्ता १००००० १००००० एक लाख
११ पदाधिकारीअन्य सुविधा २०००००० २०००००० वीस लाख
१२ पदाधिकारीअन्य भत्ता २००००० १००००० एक लाख
१३ पानी तथाबिजुली ८५०००० ५००००० पाँच लाख
१४ संचारमहसुल १८००००० १५००००० पन्ध्र लाख
१५ इन्धन (पदाधिकारी) ५००००० ५५०००० पाँच लाखपचास हजार
१६ इन्धन (कार्यालय प्रयोजन) १२००००० १५००००० पन्ध्र लाख
१७ सवारी साधनमर्मत खर्च २३००००० १५००००० पन्ध्र लाख
१८ बीमा तथानवीकरण खर्च ४००००० १०००००० दश लाख
१९ मेशीनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च ७००००० ७००००० सात लाख
२० निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च १००००० २००००० दुइ लाख
२१ अन्य सम्पत्तिहरुको संचालन तथा सम्भार खर्च १००००० २००००० दुइ लाख
२२ मसलन्द तथाकार्यालय सामाग्री २८००००० २८००००० दुइ लाखअसी हजार
२३ पुस्तक तथासामाग्री खर्च १००००० ५०००० पचास हजार
२४ इन्धन -अन्य प्रयोजन १००००० २००००० दुइ लाख
२५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च ४०००००० ४०००००० चालिस लाख
२६ अन्यकार्यालय संचालन खर्च ३००००० ५००००० पाँच लाख
२७ सेवा रपरामर्श ३५००००० ३५००००० तिन लाखपचास हजार
२८ सञ्चार, सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च २०००००० १०००००० दश लाख
२९ करार सेवाशुल्क (करार कर्मचारी कटुवाल एम्वुलेन्स चालक सहित ७५००००० ९०००००० नब्बे लाख
३० अन्य सेवाशुल्क १००००० १००००० एक लाख
३१ कर्मचारीतालिमखर्च ५००००० ५००००० पाँच लाख
३२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च ५००००० ५००००० पाँच लाख
३३ कार्यक्रमखर्च १५००००० २०००००० वीस लाख
३४ विविधकार्यक्रम खर्च १५००००० १५००००० पन्ध्र लाख
३५ अनुगमन तथामुल्याङ्कन खर्च १५००००० १५००००० पन्ध्र लाख
३६ भ्रमणखर्च( कर्मचारी ) १४००००० १६००००० सोह्र लाख
३७ भ्रमणखर्च( पदाधिकारी ) ५००००० ४००००० चार लाख
३८ विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च ६००००० ५००००० पाँच लाख
३९ अन्य भ्रमण खर्च १००००० ४००००० चार लाख
४० विविध खर्च(पदाधीकारी) ६०००००० ६०००००० साठी लाख
४१ विविध खर्च २५००००० २३००००० तेइस लाख
४२ सभा सञ्चालन खर्च १०००००० ८००००० आठ लाख
४३ सार्वजनिक सुनुवाइ, सार्वजनिक परिक्षण, सामाजिक परिक्षण खर्च ६००००० ४००००० चार लाख
४४ अन्य सहायता ५००००० ५००००० पाँच लाख
४५ उद्दार, राहत तथा पुनर्स्थापना खर्च १०००००० १०००००० दश लाख
४६ औषधी खरिद खर्च २००००० ३५०००० तिन लाखपचास हजार
४७ अन्य सामाजिक सहायता १००००० १००००० एक लाख
४८ मृत कर्मचारीको सुविधा तथा सहायता १००००० ५०००० पचास हजार
४९ घरभाडा १५००००० १६००००० सोह्र लाख
५० अन्य भाडा २००००० २००००० दुइ लाख
५१ भैपरी आउनेचालु खर्च ५००००० ५००००० पाँच लाख
५२ वडासञ्चालन खर्च २७००००० २७००००० सत्ताइसलाख
५३ DPR लगाएतविविध परामर्श १५००००० १०००००० दश लाख
५४ जाली तथा पाइप खरिद, प्रकोप व्यवस्थापन कोष १५००००० ८००००० आठ लाख
५५ वडाकार्यालय व्यवस्थापन ६००००० ५००००० पाँच लाख
चालु खर्च जम्मा ८००००००० आठ करोड

 

 

 

 

जलजलागाउँपालिका
वार्षिक विकासकार्यक्रम
आ.व.२०७८/७९ अनुसूची-६
क्र. सं कार्यक्रमअयोजनाको नाम कार्यान्वयन हुनेस्थान विनियोजन रु कैफीयत
गाँउपालिकाप्रशासनिक भवन तथा पुर्वाधार वडा न ४ १५०००००० एक करोड पचास लाख
क्रमागतवहुवर्षे भुक्तानी वाँकि विभिन्नवडा ६०००००० साठी लाख
वडाकार्यालय प्रदेश साझेदारी वडा न २ ५०००००० 18000000 वहुवर्षे यो वर्ष पचास लाख
ग्रामिणखानेपानी वडा न २ १०००००० दश लाख
भवनतथा शौचालय निर्माण वडा न ४ १०००००० दश लाख
वडाकार्यालय भवन वडा न ८ ४०००००० 13000000 वहुवर्षे मध्ये यो वर्ष चालिस लाख
ग्राउण्ड र वडा कार्यालय मर्मत वडा न ३ १५००००० पन्ध लाख
चिनाखेतमालगाँउ मोटरवाटो वडा न १ ५००००० पाँच लाख
ज्योतिमण्डल मा वि संरक्षण वडा न १ ७००००० सात लाख
१० एकघर एक धारा रात्माटा चिप्लेटी दलित वस्ती खानेपानी वडा न ५ १०००००० दश लाख
११ सालीजावनौ हल्जुरे मोटरवाटो वडा न ६ ५००००० पाँच लाख
१२ हिमशिखरर दिप युवा क्लव वडा न ६ ५००००० पाँच लाख
१३ रामकुनाभुमरालो सल्यान गोरेटोवाटो वडा न ७ ७००००० सात लाख
१४ केरावारीभिरकाटे गोरेटोवाटो वडा न ७ ३००००० तिन लाख
१५ गौशालापुर्वाधार निर्माण वडा न ७ २३००००० 4600000 वहुवर्षे मध्य यो वर्ष तेइस लाख
१६ लस्तीफर्से सिचाइ वडा न ८ ५००००० पाँच लाख
१७ खनियाँघाटनागलीवाङ सडक वड न ८ ५००००० पाँच लाख
१७ शिवमा वि भवन वडा न ८ ५००००० पाँच लाख
१८ गोरेटोवाटो निर्माण वडा न ९ ४००००० चार लाख
१९ सल्लेरीसामुदायीक वन उपभोक्ता समुह वडा न ९ ६००००० ६ लाख
२० स्वास्थ्य सवै वडा १४००००० चौध लाख
२१ एम्वुलेन्सखरिद तथा सञ्चालन सवै वडा १३००००० तेह्र लाख
२२ प्रकोपव्यवस्थापन कोष सवै वडा १००००००० एक करोड
२३ मेसीनरी‌औजार तथा फर्नीचर खरीद कार्यालय १०००००० दश लाख
२४ कृषि सवै वडा ४५००००० पैचालिस लाख
२५ पशु सवै वडा ३०००००० तिन लाख
२६ शिक्षा सवै वडा १०५००००० एक करोड पचास
२७ मोहनचोकफटकेढूगा सडक समपुरक साझेदारी समेत वडा न 4 १००००००० एक करोड
२८ महिलावालवालीका तथा ज्येष्ठ नागरिक जनजाती अपाङ्ग दलित लगायत लक्षित तथा आयआर्जनकार्यक्रम एवं न्यायिक समिति सवै वडा ५०००००० पचास लाख
२९ कालाञ्जरक्षेत्र विकास तथा पुजा व्यवस्थापन वडान ६ १५००००० पन्धलाख
३० उद्योगव्यवसाय प्रोत्साहन तथा प्रवर्दन सवैवडा १००००० एक लाख
३१ समपुरकतथा साझेदारी कार्यक्रम सवैवडा १०००००० दश लाख
३२ नौमतीवाजा, आरान र घट्टा मिल सवैवडा २००००० दुइ लाख
३३ गाउँपालिकाअध्यक्ष जातिय विभेद उन्मुलन कार्यक्रम सवैवडा १००००० एक लाख
३४ विपि स्मृती भवन जलजला वडान ४ १०००००० दश लाख
३५ अध्यक्षतोक आदेश सवैवडा ८०००००० असी लाख
३६ पाइपजाली खरिद सवै वडा १०००००० दश लाख
३७ ग्रामिणमोटरबाटो सरसफाइ सवैवडा ४०००००० चालिस लाख
३८ मजदुरपेन्सन कोष सवैवडा ३०००००० तिस लाख
३९ वडाकार्यालय डि पि आर सवैवडा २०००००० वीस लाख
४० विविधविषयमा अध्ययन तथा जनप्रतिनिधि तालिम तथा अनुसन्धान सवैवडा १०००००० दश लाख
४१ ढुगागिटी वालुवा आइ इ इ ५००००० पाँच लाख
४२ वाढीपहिरो घर निर्माण राहात लागत साझेदारी सवैवडा १४००००० चौध लाख
४३ खोलाखेतभुसुने मोटरवाटो ४,६ ६००००० ६ लाख
४४ लामछीरापिडाल्ला सिचाइ 4 ५००००० पाँच लाख
४५ आमासमुहहरु प्रवर्दन तथा विकास ४०००००० चालिस लाख
४६ युवातथा खेलकुद २०००००० वीस लाख
४७ पर्यटनतथा मठ मन्दिर संरक्षण साझेदारी १५००००० पन्ध लाख
४८ दलितबस्ति खानेपानी तथा सरसफाइ ९००००० नौ लाख
४९ धुर्मुससुन्तली फाउण्डेशन रंगशाला निर्माण ५०००० पचास हजार
५० लगुउद्यमी म्याचीङ फण्ड ३००००० तिन लाख
५१ मानबसेवा आश्रम बाग्लुङ् २००००० दुर्इ लाख
५२ पर्वतब्याटमिन्टन कबड हल ३००००० तिन लाख
५३ ढुङ्गाखानि मोटरवाटो जलजला 2 ३००००० तिन लाख
५४ रेडक्रसपर्वत १००००० एक लाख
५५ म्याग्दिहस्पिटल १००००० एक लाख
५६ स्मृतीप्रतिष्ठान ५००००० पाँच लाख
५७ लामाखेतगाँउपालिका सडक मर्मत १०००००० दश लाख
५८ पालिकाभित्र ऐतिहासीक साँस्कृतीक स्थानहरुको अध्ययन तथा अभिलेखीकरण तथा पुस्तक प्रकाशन ५००००० पाँच लाख
५९ लैङगीकहिंसामुक्त वडा घोषणा ३००००० तिन लाख
वडागत योजना
वडा न १ २५००००० पच्चिस लाख
वडा न २ २७००००० सत्ताइस लाख
वडा न ३ २६००००० छब्वीस लाख
वडा न ४ २८००००० अठ्ठाइस लाख
वडा न ५ ३०००००० तिस लाख
वडा न ६ ३०००००० तिस लाख
वडा न ७ ३०००००० तिस लाख
वडा न ८ ३०००००० तिस लाख
वडा न ९ २६००००० छब्वीस लाख
कुलजम्मा रकम रु. १५२३५०००० पन्ध करोड तेइस लाख पचास हजार

 

 

 

आदरणीय सभाध्यक्ष ज्यू,

सदस्य ज्युहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु,

अब म, जलजला गाउँपालिका आर्थिक विधेयक, २०७८ र जलजला गाउँपालिका विनियोजन विधेयक, २०७८ यसै साथ प्रस्तुत गर्दछु ।

जलजला गाउँपालिकाको सम्मानित दशौँ गाउँसभामा वार्षिक आय(ब्ययको विवरण (वजेट) प्रस्तुत गर्ने क्रममा विभिन्न चरणमा आफ्नो स्थानवाट मार्गनिर्देशन उपलब्ध गराउनुहुने जलजला गाउँपालिकाका अध्यक्षज्यू प्रति विशेष आभार ब्यक्त गर्दछु । साथै आ–आफ्नो अधिकार क्षेत्रभित्र रही रचनात्मक सुझाव उपलब्ध गराउने पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, विपद् ब्यवस्थापन समिति, सुशासन प्रवद्र्धन समितिका संयोजक तथा सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष ज्यूहरु, गाउँकार्यपालिकाका सदस्य ज्यूहरु, गाँउसभा सदस्य ज्युहरु, कार्यालयका शाखा प्रमुख एवं सम्पूर्ण कर्मचारीहरु, वडा सचिव राजनितिक सल्लाहकार, कानुनी सल्लाहकार, शिक्षक, जनसमुदायहरु, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज, पत्रकार मित्रहरु, सुरक्षाकर्मी लगायत  सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।साथै यस घोषणा समारोहलाई सौहार्दतापूर्वक सम्पन्न गर्न पु¥याएको योगदानका लागि गाउँपालिकाका पदाधिकारी तथा सम्पूर्ण कर्मचारीहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । कोभिड १९ को संक्रमणवाट आफू बची र अरुलाई पनि बचाउनका लागि आवश्यक सावधानी र होसियारी अपनाउन म सवैलाई अनुरोध गर्दछु ।

 

अन्त्यमा प्रस्तुत वजेट कार्यान्वयनका सवै चरणहरुमा सरोकारवाला सबै क्षेत्रबाट रचनात्मक सहयोग प्राप्त हुने विश्वास लिँदै बजेट कार्यान्वयनका लागि यहाँहरु सवैको  रचनात्मक सहयोगको अपेक्षाका साथ विदा हुने अनुमति चाहन्छु ।

धन्यवाद !

सीमा गर्बजा पुन

उपाध्यक्ष

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!