पर्वतमा थप चार जनामा कोरोना संक्रमण पुष्टि - News site from Nepal
पर्वतमा थप चार जनामा कोरोना संक्रमण पुष्टि

पर्वत- पर्वतमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालि पोखरा र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा २/२ जनामा संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परिक्षणमा फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीका का २६ वर्षिय एक पुरुष र वडा नं. १० कुर्घाका एक २५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी डाईग्नोष्टिक प्रालिमा भएको परिक्षणमा कुश्मा नगरपालिका वडा नं. २ का एक ४२ वर्षिय पुरुष र वडा नं. ४ का ५३ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यो सँगै पर्वतमा कोरोना संक्रमितको सख्ंया ३६५ पुगेको छ ।
पर्वतमा अब सक्रिय संक्रमितको संख्या ११ जना रहेको छ भने निको हुनेको संख्या ३५१ जना रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!