पर्वतको पैंयु गाउँपालिकाद्धारा किसानहरुलाई अनुदानमा कृषि औजार वितरण - News site from Nepal

पर्वत- पर्वतको पैयुँ गाउँपालिकाले किसानलाई आवश्यक पर्ने विभिन्न कृषि औजार वितरण गरेको छ ।
गाउँपालिकाले व्यवसायिक खेती गर्ने किसानलाई अनुदानमा मिनि टिलर, कुटानी पिसानी, च्याप कटर लगायतका उवपकरण वितरण गरेको हो ।
गाउँपालिकाले मिनि टेलर ३० जनालाई, कुटानी पिसानी मिल २३ जनालाई र च्याप कटर ६ जनालाई उपलब्ध गराइएको छ । ५० प्रतिशत अनुदान साझेदारी कार्यक्रम अन्तर्गत किसानको मिनि टेलरमा ३२ हजार ३७५, कुटानी पिसानी मिलका लागि किसानले रू २१ हजार ३७५ र च्याप कटरमा किसानले रू १९ हजार लगानी गरेका छन् भने गाउँपालिकाले सोही बराबरको लगानी गरिदिएको छ ।
गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले ति सामाग्री वितरण गर्नुभएको हो । सामाग्री वितरण गर्दै अध्यक्ष तिवारीले कृषिको व्यवसायिककरण, आधुनिकिकरण र प्रविधिकरणमा गाउँपालिकाले निरन्तर सहयोग गर्दै जाने बताउनुभयो । गाउँपालिकाले कृषिमा आधुनिकिकरण र यान्त्रिकरण गर्दै कम लगानी र जनशक्ति बाट धेरै उत्पादन गर्ने र रोजगारी प्रवर्धन हुने अपेक्षा गरेको तिवारीले बताउनुभएको छ ।
गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्धेश्यले कृषकहरुलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु अघि सारिएको प्रमुख प्रशासकिय अधिकृत केशब लामिछानेले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!