पर्वतको कुश्माबजारमा मास्क नलगाउँने २ सय जना एकैदिन कारवाहीमा - News site from Nepal

पर्वत- विश्वव्यापी रुपमा फैलीरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण फैलिरहेका बेला मास्क नलगाई हिडडुल गर्ने २ सय जना एकैदिन कारवाहिमा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्वतको नेतृत्वमा बुधवार दिउँसो गरिएको अनुगमनमा बजारका विभिन्न भागमा हिडडुल गर्ने र पसलहरुमा बस्ने २ सय जनाले मास्क नलगाएको पाईएको हो । नयाँ भेरियन्टको भाईरस पर्वत जिल्लामा समेत तिव्र रुपमा बढिरहेकोले रोकथाम तथा नियन्त्रणका लागि कुश्मा बजारमा मास्क (चेकिङ) अनुगमन गरिएको हो ।
एकैदिन गरिएको अनुगमनमा कारवाहीमा परेका २ सय जनावाट जरिवाना स्वरुप २० हजार संकलन भएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उनिहरुले व्यक्तिगत लापरवाही र हेलचक्राईका कारण मास्क नलगाएको पाईएपछि जरिवाना गरिउको हो । अनुगमन टोलीले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन घरमा बस्दा पनि अनिवार्य मास्कको प्रयोग गर्न, कुनै अत्यावश्यक काम बाहेक घर वाहीर हिंडडुल नगर्न र स्वास्थ्य सुरक्षा मापदण्डको कडाईका साथ पालना गर्न सुझाव समेत दिएको थियो ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री को नेतृत्वमा गरिएको अनुगमनमा प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, सामुदायीक प्रहरी सेवा केन्द्र कुश्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय र पत्रकार महासंघ का प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!