पर्वतको महाशिला अस्थायी अस्पताललाई गोर्खा वेलफेरद्धारा ७ लाखका स्वास्थ्य सामाग्री सहयोग - News site from Nepal

पर्वत- गोर्खा वेल्फेर ट्रस्टले पर्वतको महाशिला गाउँपालिकालाई ७ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा संचालित अस्थायी कोरोना अस्पतालका लागि उक्त सामाग्री सहयोग गरेको हो । सोहि गाउँपालिकाको वडा नं. ३ बालाकोट निवासी मदन गुरुङको विशेष पहलमा अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र पिपिई लगायतका स्वास्थ्य सामाग्री प्राप्त भएको गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो ।
अक्सिजन कन्सन्ट्रेटर २ वटा, पल्स अक्सिमिटर १५ थान र पिपिई १५० थान प्राप्त भएको ठकुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!