पर्वत- जिल्ला समन्वय समितिले आयोजना गरेको महिलाहरुको लागि १५ दिने निशुल्क लोक सेवा आयोगको तयारी कक्षा सम्पन्न भएको छ । गत फागुन २३ गतेदेखि शुरु भएको १५ दिने कक्षा आइतवार सम्पन्न भएको हो ।
लोकसेवा तयारी कक्षामा झण्डै ४० जना महिलाहरु नियमित रुपमा सहभागि भएका थिए । तयारी कक्षा समापनको अवसरमा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले तालिममा सिकेका कुराहरुलाई पुणर् रुपमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले लोकसेवा आयोगको परिक्षा कुनै भाग्यको फल नभई मेहेनत र परिश्रमवाट मात्र सफल हुन सकिने बताउँदै पौडेलले निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले राज्यको स्थायी सरकारका रुपमा रहेका कर्मचारी क्षेत्रमा महिलाहरुको सहभागिता बृद्धि गर्न र यसतर्फ महिलाहरुलाई आकर्षण गर्नका लागि यस्ता खालका तालिम तथा कक्षाहरु फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । यस्ता तयारी कक्षाले लोक सेवाको तयारी गरेकाहरुलाई ठुलो मद्धत पुग्ने भन्दै आफुले गर्ने स्वअध्ययन पनि उक्तिकै महन्त्वपुणर् हुने बताउनुभयो । उहाँले एक पटक असफल भईयो भनेर बिचैमा नछाड्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी सुरेश ढकालले १५ दिनसम्म सिकाईएका विषयबस्तुको बारेमा बोल्दै यिनै कुराहरुलाई आधार मानेर थप अध्ययन गर्न आग्रह गर्नुभयो । उहाँले लोकसेवा आयोगद्धारा सोधिने ७० प्रतिशत पाठ्यक्रम १५ दिनको अवधिमा समेटिएको उल्लेख गर्नुभयो ।
कार्यक्रको संचालन जिल्ला समन्वय समितिका शाखा अधिकृत करुणा आचार्यले गर्नुभएको थियो ।