पर्वतको पकुवा र राम्जामा पनि काँग्रेसको विरोध प्रदर्शन सम्पन्न - News site from Nepal

पर्वत- कुश्मा नगरपालिका वडा नं. ११ पकुवामा पनि कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा सुनचाँदी व्यावसायी महासंघका केन्द्रीय उपाध्यक्ष निर्मल विश्वकर्माले मुलुकको विषम परिस्थितिमा नेपाली काँग्रेस एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । मुलुकलाई निकास दिनेगरी काँग्रेसले आफ्ना गतिविधिहरु अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति रुद्रबहादुर रिमाल, नेपाली काँग्रेस प्रदेश क का कोषाध्यक्ष रमेश बम मल्ल, प्रेस युनियन पर्वतका अध्यक्ष माया अधिकारी, लेखा समिति सदस्य इश्वरीप्रसाद भुसाल, क्षेत्रीय सदस्य टंकप्रसाद सुवेदी, नेविसंघका सचिब दया सुवेदी, नबप्रवेशी मनबहादुर विक, वडा अध्यक्षका प्रत्यासी मिनबहादुर बस्याल, विश्वविनय जोशी, कृष्ण वहादुर केसी, डम्बर विक लगायतले बोल्नुभएको थियो ।
हर्कबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्र्यक्रमको स्वागत गौरब रिमाल र संचालन लक्ष्मण केसीले गर्नुभएको थियो । सो अवसरमा नरहरी पाध्या, ताराखर गौतम, कुमा नेपाली, मनबहादुर विक लगायत नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

राम्जामा पनि विरोध सभा सम्पन्न


पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जामा पनि विरोध सभा सम्पन्न भएको छ । विरोध सभालाई सम्वोधन गर्दै नेपाली काग्रेसकी नेतृ तथा महासमिति सदस्य मिना केसीले वर्तमान सरकारले गरेको असंवैधानिक कदका बिरुद्ध आन्दोलनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले संविधानको रक्षाका लागि सवै एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तरुण दल मोदीका सहसंयोजक यदुनाथ गौतम, नेविसंघका तोया गौतम लगायतले सम्वोधन गर्नुभएको थियो । नेपाली काँग्रेस राम्जाका सभापति नारायाणप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब बसन्तराज तिमिल्सिना र स्वागत सल्लाहाकार सदस्य ज्ञानेश्वर गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!