पर्वतमा खुकुलो बनाएर असार १४ गतेसम्म निषेधाज्ञा थपियो - News site from Nepal
पर्वतमा खुकुलो बनाएर असार १४ गतेसम्म निषेधाज्ञा थपियो

पर्वत – पर्वतमा कोरोना संक्रमणका कारण जारी गरिएको निषेधाज्ञा केहि खुकुलो बनाएर थप एक हप्ता लम्बाईएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले आज जारी गरेको सूचना अनुसार निजी सवारीसाधन जोरबिजोर बारका आधारमा संचालन हुने छन् भने विभिन्न पेशा, व्यवसाय, पसल बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको निणर्यअनुसार आज राती १२ बजेबाट लागु हुने गरि असार १४ गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गरिएको बताईन । प्रशासनको आदेशानुसार निजी सवारीसाधन साना सवारी चार पांग्रे, दुई पांग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिने र चार पांग्रेमा चालकसहित चार जना यात्रु मात्र राख्न पाइने उल्लेख गरिएको छ । सार्वजनिक यातायात भने सञ्चालन नहुने भएका छन् ।
यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्विमिङ पुल, ब्युटिपार्लर, सैलुन, फुटपाथ पसल लगायत सेवालाई निषेधाज्ञाको समयमा सञ्चालन अनुमति दिइएको छैन । विद्यालयको पठनपाठन र भौतिक उपस्थितीमा हुने परीक्षा सञ्चालन गर्न नपाईने भएको छ ।
यद्यपि यसबाहेकका पेशा, व्यवसाय, स्वास्थ्य मापदण्ड र सुरक्षालाई पालना गर्दै बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । सर्वासाधारणलाई अनावश्यक काम नपरि घर बाहिर ननिस्कन र अत्यावश्यक काम परेर निस्कनुपरेमा मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र स्यानिटाईजरको प्रयोग गर्न भनिएको छ ।
सरकारी कार्यालयहरु आलोपालो गरेर खुलाउने र कार्यालय परिषरमा सावुनपानीको व्यवस्थ ा गर्न आदेशमा भनिएको छ । मठ मन्दिर, मस्जिद, गुम्वा, चर्च लगायत धार्मिक स्थलमा नित्यपूजा मात्रै गर्न भनिएको छ । विवाह, व्रतबन्ध तथा अन्य संस्कार जन्य गतिविधी पार्टी प्यालेसमा नगर्न र त्यस्ता समारोहमा १० जना भन्दा बढि मानिस सहभागी नहुने प्रसासनको आदेशमा उल्लेख गरिएको छ ।
बैंक, वित्तिय, सहकारीहरु भने सञ्चालन हुने भएका छन् । सार्वजनिक निर्माण र व्याक्तिगत निर्माण साथै उद्योग कलकारखानामा स्वास्थ्य मापदण्डको पूणर् पालना गर्ने, श्रमिकलाई कार्यस्थलमै खानेवस्ने व्यवस्था गर्नुपर्ने कुरा आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!