पर्वतमा २ हजारले लगाए भेरोसेल खोप - News site from Nepal
पर्वतमा २ हजारले लगाए भेरोसेल खोप

पर्वत –  पर्वतमा झण्डै २ हजार जनाले भेरोसेल खोप लगाएका छन् । गएको जेठ ३० गतेदेखि आइतवारसम्म भेरोसेल खोप एक हजार ९ सय ९६ जनाले लगाएका हुन् । े
सरकारको प्राथमिकतामा परेका ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिक र खोप लगाउन बाट बञ्चित कोरोना संक्रमण नियन्त्रणमा खटिने व्याक्तिहरुले भेरोसेल खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयले जेठ ३० र ३१ गते जेष्ठ नागरिकलाई खोप लगाईएको र बाँकी रहेका डोजहरु अग्रपंक्तिमा खटिनेहरुलाई लगाईएको जनाएको छ ।
शनिवार र आइतवार स्वास्थ्य कार्यालयमा अघिल्लो लहरमा छुटेका फ्रण्टलाईनरहरुलाई खोप लगाईएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत प्रविण भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका १ हजार ८ सय ७८ जनाले खोप लगाएका छन् ।
फ्रण्टलाईनर १ सय १८ जनाले हिजो र आज दुईदिनमा खोप लगाएको भण्डारीले बताउनुभयो । दोस्रो चरणमा कोभिशिल्ड खोप लगाएका जेष्ठ नागरिकहरु भने दोस्रो डोज खोपको प्रतिक्षामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!